
Aama ko Taasphoto | आमाको तासफोटो
-
Writen byGhatraj Bhattrai
- PublisherPhoenix Books
नेपाली कवितामा धार्मिक, सांस्कृतिक वा सत्ता पक्षले निर्माण गरेको एकात्मक (नश्लवाद) सौन्दर्यको मानक छ । र, त्यो मानकभन्दा पर वा बाहिर रहेर बाँचिरहेका मानिसहरूका भोगाइ, अनुभूति र दृष्टिकोणहरूलाई लेखन गर्ने आन्दोलन हो- 'इतर आवाज' । पछिल्लो तर संगठित र निकै बलियो आन्दोलन हो यो । र, यही आन्दोलनका एक अभियन्ता हुन्- सुष्मा रानाहँमा ।
आम मानिसका बिम्बमा नयाँ तर निकै कठोर अनुभवहरूले खिपेको बिनायोका धुनहरू जस्तै कविताहरूको सङ्ग्रह हो - आमाको तासफोटो । नेपाली कवितामा नयाँ छिमल, नयाँ पुस्ताको एक सदस्य, सुस्माको यो उपस्थिति आकस्मिक जस्तै लाग्छ । आकस्मिक तर आवश्यकताले भएको छ । आवश्यकता यसकारणले कि उनको उपस्थिति शक्तिशाली छ । हस्तक्षेपकारी हुने सम्भावनाले प्रेरित छ ।