Shopping Cart
१२ खरी उत्कृष्ट कथा २०८२12 Khari utkrista Katha 2082

१२ खरी उत्कृष्ट कथा २०८२12 Khari utkrista Katha 2082

  • PublisherFineprint Books
  • Year2025

श्रीमान्‌को जीवनलीला समाप्त भएकामा कुनै गुनासो छैन उनको देउताप्रति । आफ्नो पनि पर्वाह छैन। केवल गर्भमा हुर्किरहेको सन्तानको सुर्ता छ । त्यसलाई संसार देखाउन उनी माग्दै छिन् साथ देउराली देवीसँग, गस्टा बाबासँग । 0 हे देउराली देवी, हे बाइभाइ मुस्टा । रौका बाबुले जाल पायो । सुइना मात्तै देखायो । आफू त परदेश गई मरिगो। आम्नो नासो छोडिगो । मुपन मरिजाऊँ सोच्यों । यसैका मायाले परानी झुलायो । मु यसैका लागि बाँच्याकी छु। यो नरनारी ज्या भया पुनि राम्मै गरी धरतीमा ल्याइदिया।" उनी भाकल सकेर मौन बसिरहन्छिन् देउरालीमा । हामी शेर्पाहरूले हिमाललाई देवताका रूपमा पुज्छौ, तिनीहरूलाई हामी हरेक प्रकारका गुहार-पुकार सुनाउने गर्छौँ । हाम्रो धर्मले चौरीलाई तिनै हिमालका दूतका रूपमा मान्छन् । तिनीहरूले देवताका सन्देशलाई हामीसम्म पुन्याउने काम गर्छन् । चौरीहरू शान्ति, समृद्धि तथा सुरक्षाका बिम्ब हुन् । म डरले निश्शुक्कै भएकी थिएँ, अक्सर मदिराको नशामा आफ्नो मृत्युको कुरा गर्ने मेरो लोग्ने कतै हिमालमा समाहित हुन गइरहेको त होइन ? कसैको प्रियजनको मृत्यु भयो भने कृत्रिम बौद्धिकताले उही विशेषता, गुण, स्वभाव र आनीबानी भएको रोबोट निर्माण गर्न सक्छ । यो लगभग वास्तविक मानव जस्तै त होइन तर कैयौ अभाव यो प्रविधिबाट पूरा गर्न सकिन्छ । यस्तो विचारले मलाई पूरै अभिभूत बनायो । मेरो मनमा आशाको दियो बल्यो । मैले सबिनको जस्तै गुण, स्वभाव, स्वर र आनीबानी भएको प्रतिलिपि अर्थात् कृत्रिम बौद्धिकतासहितको रोबोट निर्माण गर्ने अठोट गरे ।

Book Title १२ खरी उत्कृष्ट कथा २०८२12 Khari utkrista Katha 2082
ISBN9789937790901
Edition LanguageNepali
Published Year2025
PublicationFineprint Books
Category कथा