उपन्यासको अघिल्लाे भागमा दार्जिलिङकाे इतिहास सविस्तार वर्णन गरिएको छ (त्यो भूभाग कुनै समयमा हाम्रो थियो भन्ने साेचेर तंरगित हुन्छु म)। थप, त्यो ठाउँ र वातावरणले आगामी दिनमा हुने घटना क्रमलाई कसरी सूक्ष्म रूपमा प्रभावित गर्छ भन्ने देखाइएको छ।
मुख्य कथामा सात युवाद्वारा एक युवतीको बलात्कार हुन्छ। युवती विस्तारै त्यो घटना भुलेर तग्रिंन चाहन्छे। तर हरेक युवा त्यो घटनापछि विक्षिप्त छन्- सायद पश्चातापले। अँध्यारोमा भएकाे कारण त्यो घटना नियाेजित थिएन र पछि थाहा पाउँदा त्यो युवती उनीहरू धेरैले चिनेकै केटी परिछन्। सायद यसले ती युवकहरूमा ग्लानीको भावना झन् बलियो पाे भयाे कि?
ती युवकहरूमध्येका एक मदन (कम्युनिस्ट, सायद मदन भण्डारीबाट प्रभावित) याे घटनालाई सर्वहारा वर्गले वुर्जुवालाई गरेकाे बदलाकाे एउटा प्रतिनिधि घटना हाे मान्छे। अर्को सागर, त्यो घटनालाई एउटा महान् काम गरेको ठान्छ। पदमलाई निकै ग्लानी महसुस हुन्छ। तर, विस्तारै ऊ त्यही केटीलाई प्रेम गर्न थाल्छ। धने (जाे कच्चै छ) शारीरिक सुख भाेग गरेका कारण अब काेठीतिर धाउन थालेकाे छ। रेहमान पूरै उद्धिग्न भएको छ। यसरी एउटा घटनाले विभिन्न मानिसमा पूर्ण रूपमा फरक खालकाे अनुभूति एवं प्रतिक्रिया पैदा गरिदिएको छ।
उपन्यासको अन्त्यतिर ती सातैलाई सजाय ताेकिन्छ। तर त्यो केटी प्रिया यसप्रति दुखित छे । र, उसले एकपटक न्यायाधीशलाई आफूले बलात्कारीहरूलाई क्षमा गरिसकेकाे र सकिने भए सजायकाे भागिदारी नहुन् भन्ने हेतुले बिन्तिपत्र पनि चढाउँछिन्।
ती सात (५ चाहिँ) चिनजानका मानिसहरू हुनेबित्तिकै बलात्कृत ह्रदयमा यस्तो अनाैठाे परिवर्तन सम्भव हाेला र? शरीर र मनकाे अस्मिता आफ्नाे स्वीकृति बेगर हरण हुँदा पनि के एउटी नारी हृदय त्यसरी परिवर्तित भएकाेमा थाेरै खेद र अचम्म दुवै लाग्याे। र, याे विराेधाभास चाहिँ मलाई बुझ्न गाह्राे भएको पक्का हाे ।
यो किताब अर्डर गर्न यहाँ क्लिक गर्नुहोस् !
राेशन कुमार (१७ फाल्गुन, २०७७)
Comments