मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ नेपाली भाषामा प्रकाशन भएको छ ।
नेपाली संस्करणको नाम ‘जिजीविषा : क्यान्सरले दिएको नयाँ जीवन’ राखिएको छ ।
स्वरुप आचार्यले नेपालीमा अनुवाद गरेका हुन् । नीलम कुमारले लेखेको मनिषाको अंग्रेजी संस्करण यसअघि निकै रुचाइएको मेमाइर हो । क्यान्सरबाट निको हुन मनिषाले गरेको संघर्ष र जीवनप्रति उनको दृष्टिकोणलाई पुस्तकमा समावेश गरिएको छ ।
फाइनप्रिन्ट प्रकाशनद्वारा प्रकाशित यो अनुदित पुस्तकको मूल्य रु. ४९९ रहेको छ । यो किताब आइतबारदेखि बजारमा उपलब्ध हुनेछ ।

Comments