अर्थशास्त्रका प्राध्यापक विश्वम्भर प्याकुर्याल संगीत, साहित्यका पारखी हुन् । प्याकुर्यालको आत्मकथा हालै प्रकाशित भएको हो ।
उनी आफ्नो आत्मकथा ‘आफैंलाई खोज्दा’ को बारेमा यसो भन्छन्- "यो मैले आफैंलाई खोज्दाको कथा हो– जीवनभरका सुख–दुःखको संकलन । आफ्ना भोगाइलाई आफैंसँग किरिया खाएर जस्ताको तस्तै लेखेको छु । लेखक पनि स्वयं, पात्र पनि आफैं । कतिपय विषय भन्न सकिन्न । त्यसैले लाग्यो– लेख्ने आँट गर्नुपर्छ । लेख्दै गएँ, छोप्न खोजेका विषय उघारिँदै गए, उघार्न खोजेका विषय पनि आवश्यकताभन्दा बढी उघारिए । "
यो किताब प्रकाशक फाइनप्रिन्टबाट प्रकाशित भएको हो । र यसको मुल्या रु. ४४० रहेको छ ।

यो किताब अर्डर गर्नको लागिः http://kitabkiro.com/books/aafailaikhojda/
Comments