यस वर्षको 'मदन पुरस्कार' पाउन सफल चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यास पर्वतका राजा मलेबमकी प्रेमिका ‘विश्वप्रभा’को दुःखान्तमा आधारित छ । तीन शताब्दिअघिको बाइसेचौबिसे राज्यमध्ये एकको इतिहासमा स्थापित भातृद्वन्द्व, सत्ता र प्रेममा आधारित एक कुशल उपन्यास हो- 'महारानी ' ।
"उपन्यासले आजभन्दा तीन सय वर्षअघिको पर्वतको समाजलाई प्रस्तुत गरेको छ। कथाको पृष्ठभूमिको रूपमा तत्कालीन जनजीवन, न्यायव्यवस्था, रहनसहन, राजनीति आदिलाई चित्रण गरिएको छ ।"
[ पुस्तक अंश ]
सुन खान सकिँदैन । हेरिकन नयनसुख लिइन्छ । मेरा निमित्त युवराज पनि सुनजस्तै मनमोहक वस्तु मात्र होइस्यो... । हेर्दा चौपट्ट राम्रो, टिपेर टाउकोमा सिउरन भने नसकिन्या विशाल तलाउको मध्येमा फूल्याको कमल जस्तो मकन ठानिसेला | टिप्न नसकिए पनि पोखरीको बिचमा फूल्याको फूल मेरो हो भनिसेला ... । म आफू बलिवेदीमा चढ्न तयार भैदिएँ । युवराजसँग त्यसबारेमा कुरा गर्ने शक्ति सामर्थ्य मसँग छैन । मेरा निमित्त युवाराजसँग विछोड हुनभन्दा ठूलो दुख्खको कुरा अर्को के छ र ? त्यसमाथि आफैले प्रेमको डोरी चुडालन्या प्रस्ताव गर्न सक्तिन । सामर्थ्यभन्दा ठूलो जिम्मेवारी मकन नदिस्योस् । दुई प्रेमीहरु सगोलमा साझा मृत्युवरण गर्न तयार हुन सक्छन् । छुट्टिन्या सल्लाह गर्न सक्तैनन् । राजकुमारीले आँसु चुहाउँदै दुई हात जोडेर प्रार्थना गरिन् ।

यो किताब अर्डर गर्नको लागिः http://kitabkiro.com/books/maharani/
Comments