म चाहन्नँ ऐश्वर्यको केही कुराको
म चाहन्नँ झुटो प्रशंसा कसैको ।
मलाई छहारी भए पुग्छ एक
गरूँ नित्य साहित्यको सद्विवेकको ।
- लीलाध्वज थापा
"'मन' विचारमा प्रगतिशील, भाषामा गुलियो, विषयमा मौलिकतापूर्ण, प्रतिपादनमा कलामय, शैलीमा कवितात्मक, सरस र सरल तथा शिल्पमा वेगमयता र आकर्षणको सामञ्जस्य भएको समग्र बास्ना आउने फुल हो। यसको हरकले नेपाल नै गन्हाउँछ, बास्नाले नेपाल नै सुगन्धित हुन्छ ।"
- तारानाथ शर्मा
२०१४ सालमा पहिलोपटक आख्यान विधामा मदन पुरस्कार प्राप्त गरेको लीलाध्वज थापाको उपन्यास 'मन'को नयाँ संस्करण बुक-हिलबाट पुन: प्रकाशन भएको छ । यसको मुल्य रु.४५५ रहेको छ ।
यो किताब अर्डर गर्नका लागिः http://kitabkiro.com/books/man%20/
Comments