हरेक पुस्तकको आआफ्नै विशेषता हुन्छ । हरेक विधाले आफ्नै स्वरुप बोलिरहेको हुन्छ । जस्तो कि, कुनै आख्यान/उपन्यासले आफ्नो कल्पना र कथात्व बिर्सनु हुदैन । र कुनै गैरआख्यानमा झुट समावेश हुनु हुदैन । त्यसले सत्य बोल्नु पर्छ । त्यो इमान्दार हुनुपर्छ । फ्याक्ट र फिक्सनको आआफ्नै विशेषता हुन्छ । उनीहरूले आफ्नो त्यो विशेषता बिर्सनु हुदैन ।
मैले धेरै नेपाली लेखकहरूलाई पढेको छैन- जो अङ्ग्रेजी भाषामा आफ्नो कलम चलाउछन् । तर जबजब संस्मरणको कुरा आउँछ, मलाई लाग्छ यो एउटा यस्तो विधा हो, जसमा लेखक पूर्णरुपमा इमान्दार हुनुपर्छ । आफू हुनुपर्छ । ‘विट्विन क्विन्स यान्ड द सिटिज्’मा मैले त्यो ‘आफू’लाई भेटेँ । त्यो इमान्दारी भेटेँ- जो सुन्दर छ । निर्दोष छ ।
एउटा किताब पढिसक्नु भनेको, त्यो किताबलाई आफूभित्र संलग्न गर्नु हो । आफ्नो मस्तिष्कमा ज्ञान भर्नु हो । हरेक पुस्तकले पाठकको हृदयमा कुनै न कुनै छाप छोडेर जान्छ । ‘विट्विन क्विन्स यान्ड द सिटिज्’ एउटा यस्तो पुस्तकको हो- जसले तपाईँलाई धेरै कुरा सिकाउँछ । बुझाउँछ । यो एउटा यात्राको कथा हो । एउटा समलिङ्गी केटाको आफ्नो अस्तित्वको/स्वःखोजको कहानी हो- जो १९वर्षको उमेरमा पढाइको शिलशिलामा काठमाण्डौंदेखि न्ययोर्क पुग्छ । जुन सहरमा उसले आफ्नोपन भेटाउँछ । आत्मियता पाउँछ । जुन सहरसँग उसको प्रेम बस्छ ।
यो किताब एउटा (व्यक्तिको) व्यक्ति भएपनि, यसले सिङ्गो समाज बोल्छ । लेखक निरन्जन कुवँरले इमान्दारी र साहसीपूर्ण आफू र आफ्नो समुदाय(LGBTIQ) को मुद्दालाई बाहिर ल्याएका छन् । यो किताबले हाम्रो समाजलाई, एउटा दृष्टि प्रदान गर्छ, जसले हामीभित्रै भएर पनि वास्ता नगरिएको समुदायको चित्रण गर्छ ।
प्रेम, साहस, चाहना, डर, चिन्ता, एक्लोपन, चोट, आफ्नो पहिचानको खोजी, फरक भावना र तिनीहरूको उतरचढावले बुनिएको यो किताबले एउटा घर खोजिरहेको छ- जहाँ फरक भावना/महसुस बोकेका व्यक्ति योग्य र स्वीकार्य हुन् ।
यो साहसी किताबले, यस्ता थुप्रै समलिङ्गी व्यक्तिहरुलाई साहस प्रदान गर्नेछ । र आत्म-स्वीकृतिको त्यो वर्षौदेखि बन्द भएको ढोका खोलिदिने छ भन्ने कुरामा म विश्वस्त छु ।

Order Now: http://kitabkiro.com/books/btnqwn/
Comments