स्थानीय सरकारका लागि उपयोगी २ पुस्तक हालै सार्वजिनक भएका छन् । ‘नेपालमा स्थानीय सरकार-कानून सिद्धान्त र व्यवहार’ र ‘स्थानीय सरकारको न्यायिक अधिकार’ नामक यी किताब अधिवक्ता लेखक शान्तिकुमार तिमिल्सिनाले लेखेका हुन् । लेखक नोटरी पब्लिकका अनुवादक समेत हुन् ।
‘नेपालमा स्थानीय सरकार-कानून सिद्धान्त र व्यवहार’मा स्थानीय सरकारको कार्य संचालन ऐन-२०७४, कर्मचारी समायोजन ऐन-२०७४, स्थानीय तहका अधिकार, स्थानीय तहको सैद्धान्तिक पक्ष, स्थानीय तहबाट गरिने सिफारिस र प्रमाणीकरणको कार्यविधि र ढाँचाहरू लगायतका बिषय समेटिएका छन् ।
त्यस्तै ‘स्थानीय सरकारको न्यायिक अधिकार’ भन्ने पुस्तक स्थानीय तहले गर्ने न्यायिक कार्यहरुको फेहरिस्त हो । न्याय सम्पादनको सन्दर्भमा आवश्यक पर्ने सैद्धान्तिक र कानूनी विषयको बारेमा विस्तृत ज्ञान यस पुस्तकमा दिइएको छ ।
स्थानीय निकायमा कार्यरत कर्मचारीहरू, स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरू, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, लोकसेवा आयोगका प्रतिश्पर्धीहरूलाई यी पुस्तक उपयोगी हुने लेखक तिमिल्सिनाको दाबी छ । पुस्तक सुनबर्षी बुक हाउसले प्रकाशन गरेको हो ।
यी पुस्तक अर्डर गर्न तलको लिंकमा क्लिक गर्नुहोस :
स्थानीय सरकारको न्यायिक अधिकार
नेपालमा स्थानीय सरकार: कानून सिद्धान्त र व्यवहार
Comments