‘नलेखिएको ईतिहास’ –आरके मैनालीको ‘लङ मार्च’ !
२०७४ मंसिर ९ गते –दिपेश घिमिरे
समयको मागलाई सम्बोधन गर्ने क्रममा कर्ताले गर्ने क्रियाकलाप, तथा गतिविधिले ईतिहास निर्माण गर्दछ । जसले इतिहास बनाउँछ, त्यसले इतिहास लेखनलाई ध्यान दिदैन वा महत्व दिदैन । त्यसैले ईतिहास अर्कैले लेख्छ । इतिहास लेखनमा विभिन्न तत्वले भूमिका खेल्न सक्छ । जस्तो कि, ईतिहासकारहरुले जित्नेको इतिहास लेख्छन् । हार्नेको इमान्दारीता, सक्रियता, मेहनत तथा लगनशिलतालाई त्यत्तिकै कुल्चिन्छ समयले ।
ईतिहासकारले आफ्नो बुझाई तथा ज्ञानलाई पनि ईतिहासमा जर्वजस्ती लाद्न सक्छन् । र सबैभन्दा महत्वपूर्ण कुरा घटना घटेको कयौ समय पछि ईतिहास लेखन हुन्छ । कतिपय अवस्थामा उक्त घटनाका पात्रहरुको निधन भईसकेको हुन सक्छ । सन्दर्भ सामाग्रीहरु सहजै उपलब्ध हुँदैनन् । त्यसैले ईतिहासको वस्तुनिष्ठता र तथ्यमा सधैभरी प्रश्न उठीरहन्छ । त्यसैले भनिन्छ,, ईतिहास बनाउन भन्दा तथ्यपूर्ण ईतिहास लेखन निकै जोखिमपूर्ण काम हो ।
भर्खरै सार्वजनिक भएको झापा आन्दोलनका अगुवा राधाकृष्ण मैनालीको ‘नलेखिएको ईतिहास’ पुस्तकले एउटा कालखण्डको ईतिहास बोलेको छ । यसले झापा आन्दोलनसँग सम्बन्धित कतिपय भ्रमलाई चिरेको छ भने २०४६ सालको राजनीतिक परिवर्तनको समयको कतिपय अनौठा र रोचक तथ्यहरु सार्वजनिक गरेको छ । खासमा पाँचवटा कारणले यो पुस्तक महत्वपूर्ण छ ।
पहिलो, विहंगम दृष्टिकोणबाट हेर्ने हो भने राधाकृष्ण मैनाली एक पात्र हुन्, जसले समयको एक काल खण्डमा परिवर्तनको लागि आन्दोलन सुरुवात गरे । जेल बसे । मन्त्री भए । दल परिवर्तन गरे । फेरी पुरानै घरमा फर्किए । उग्रबामपन्थीबाट एकाएक उग्रदक्षिणपन्थी दलदलमा पुगे । कुनै बेलामा एसपीलाई चिने भन्न स्वाभिमानले रोक्ने व्यक्ति राजाको अगाडी आधा शरिर झुकाएर मन्त्री खान पुगे । य िसबै कुरा धेरैलाई व्यक्तिगत घटनाक्रम जस्तो लाग्छ । व्यक्तिगत ईच्छा, चाहना, भावना पनि विहंगम रुपमा हेर्ने हो भने व्यक्तिगत हुदैन । बरु यसमा उ बाँचेको समय, स्थान, समाज र ईतिहास जोडिएको हुन्छ, जेलिएको हुन्छ । त्यसैले राधाकृष्णको पुस्तक पढ्दा पनि कतिपय कुरा व्यक्तिगत जस्तो लागे पनि त्यो नितान्त व्यक्तिगत नभएर त्यस समय बुझ्नको लागि एक दर्पण हो । यसकारण पनि यो पुस्तक महत्वपूर्ण छ ।
दोस्रो, धेरैजसो आत्मकथाहरु कर्ताको मृत्यु भईसकेपछि छापिन्छ । जस्तो वीपीको आत्मवृतान्त पनि उनको निधन भईसकेपछि छापियो । एक सन्दर्भमा वीपीका दाजु मातृकाप्रसाद कोईरालाले वीपीको आत्मवृतान्तलाई अर्को एउटा उपन्यास भएको प्रतिक्रिया दिएका थिए । तर राधाकृष्ण मैनालीको पुस्तक यसबाट मुक्त छ । एक त उनले आफ्नो अझै सक्रिय जीवन रहदाँ रहदै पुस्तक सार्वजनिक गरेका छन् भने अर्को महत्वपूर्ण कुरा उनले उल्लेख गरेका अधिकांश पात्रहरु अहिले पनि सार्वजनिक जीवनमा छन् । जस्तो उदाहरणको लागि उनले माधवकुमार नेपालले २०४६ सालको जनआन्दोलनको समयमा भारतबाट हतियारसहितका सेना ल्याएर नेपालमा गणतन्त्र ल्याउनको लागि प्रस्ताव गरेको सवालको रहस्योद्घाटन गरेका छन् । तत्कालिन राजा ज्ञानेन्द्र तथा अन्य धेरै पात्रको बारेमा उनले प्रष्ट रुपमा घटनाहरु सार्वजनिक गरेका छन् । यी तथ्य र रहस्यकाबारेमा अहिलेसम्म कसैले पनि हो या होईन भनेर कुनै प्रतिक्रिया दिएको छैन । यदि यि पात्रहरुको मृत्यु भईसकेपछि यस्ता तथ्यहरु सार्वजनिक हुन्थे भने त्यो धेरैलाई “बायस” हो भन्ने लाग्न सक्थ्यो । तर, पात्र जीवितनै हुदाा सार्वजनिक भएका तथ्यले त्यस समयको ईतिहास बुझ्न सहज बनाउँछ ।
तेस्रो, कर्ता धेरै कुरामा स्वतन्त्र छैन, बरु यो त समाज र सामाजिक संरचनाले निर्धारण गरेका मूल्यमान्यता वा सीमितताबाट जेलिएको हुन्छ । यो कुरा मैनालीको जीवनीबाट प्रष्ट रुपमा बुझ्न सकिन्छ । २०२८ सालमा झापा विद्रोह गरेका, १४ वर्ष भन्दा बढी जेल जीवन विताएका एक पात्र कसरी दरबार पुगे रु यो रोचक कुरा हो । उनको आत्मकथा पढ्दा उनको चाहना भन्दा पनि समयले उनलाई दरबार पुऱ्याएको उनले दाबी गरेका छन् । यसको मतलब व्यक्तिको सोचाई, बुझाई, दृष्टिकोण तथा चाहना भावना यहि समाजको उपज हो । २०२८ सालमा भएको सामन्तवादको दबदबाले उनमा क्रान्तिकारी स्वभाव भरिदियो । त्यसैले उनमा तत्कालिन शासकले मार्छ भन्ने मनमा त्रास हुदाँहुदै पनि माफी मागेर बाँच्ने रहर पलाएन । क्रान्तिको बाटो छाडेर आत्मसमर्पण गरेर जीउने चिन्तन उनमा आउनै पाएन । तर, समय यसरी परिवर्तन हुँदै गयो कि, विस्तारै परिवर्तित समय र अवस्थाले उनमा राजाको शासनमा जानबाट रोकेन । यो स्वाभिमान भन्ने कुरा पनि समय र समाजले नै निर्माण गर्ने हो । नत्र त कुनैबेलामा राजाको नाममा माफी माग्दा स्वाभिमानले नदिने क्रान्तिकारी मैनाली एकाएक कसरी दरबारमा भित्रिन सक्छन् । यसको अर्थ कर्ता आफु अनुकुल ईतिहास बनाउन वा कुनै काम गर्न स्वतन्त्र छैन भन्ने कुरा बुझ्नको लागि पनि यो पुस्तक महत्वपूर्ण छ ।
चौथो, नेपालका प्रायस् सबै राजनीतिक शक्तिलाई भोग्ने एक पात्र हुन् राधाकृष्ण मैनाली । झापा आन्दोलन, नेकपा एमाले, नेकपा माले, राजावादी, माओवादी फेरी एमालेमा उनी पुगे । नेपाली कांग्रेसका दुई शहिदको बारेमा समेत पुस्तक लेखेका व्यक्ति हुन् राधाकृष्ण । त्यसैले उनको जीवनी पढ्दा नेपालका प्रमुख राजनीतिक शक्तिहरु, तिनीहरुको खास चरित्र, अवस्था र धारणालाई बुझ्न सजिलो हुन्छ ।
पाँचौ, वि।सं। २०२८ साल देखि २०७२ सालसम्मको ईतिहासमा चासो राख्ने व्यक्तिको लागि यो पुस्तक आफैमा एउटा राम्रो खुराक बनेको छ । यस पुस्तकले कतिपय कुराहरुलाई विषय उठान मात्र गरेर छाडेको छ भने कतिपयलाई विस्तृतमा व्याख्या गरेको छ । त्यसैले झापा आन्दोलन, कम्युनिष्ट पार्टीको विस्तार र विकास, पञ्चायती शासन व्यवस्था २०४६ सालको राजनीतिक परिवर्तन, माओवादी आन्दोलन, राजाको शासन काल तथा २०६२र०६३ को आन्दोलन र यससाग जोडिएका कतिपय सार्वजनिक नभएका तथ्यहरु बुझ्नको लागि यो पुस्तक आफैमा महत्वपूर्ण छ ।
पुस्तकको भाषा तथा शब्द संयोजन निकै राम्रो छ । पत्रकार माधव वस्नेत र मनबहादुर बस्नेतको मिहिनेत पुस्तकका हरेक पानामा भेट्न सकिन्छ । छोटा छोटा वाक्य, उचित शब्द संयोजनले ३१३ पेजको पुस्तक पढ्दा कुनै पानामा पनि अल्छिनु पर्दैन, अल्छी लाग्दैन । बरु रोचक अनुभव हुन्छ ।
पुस्तकका हरेक पानामा ईतिहासका कतिपय नखुलेका पाटाहरु खुलेका छन् । राधाकृष्णले पुस्तकमा एउटा महत्वपूर्ण सवाललाई उठाएका छन् । नेपालमा ईमान्दार राजनीतिक पात्रहरुलाई कि त काम गर्नै नदिई एक्ल्याएर सिद्ध्याईएको छ वा हत्या गरेर । ईतिहासको मिहिन अध्ययन गर्ने हो भने यसमा सत्यता देखिन्छ । यद्यपी राधाकृष्णले आफुलाई इमान्दार राजनीतिक पात्रको रुपमा अथ्र्याएर आफुलाई एक्ल्याईएर सकियो भन्ने तर्क गरेका छन् । त्यसैले पुस्तकमा कतिपय स्थानमा मैनालीका लघुताभाष पनि घुलेका छन् । पुस्तक पढिरहदा लाग्छ, झापा आन्दोलनका क्रममा मैनालीले आफु पक्राउ परेर पनि माथिको आदेश नपाएर प्रहरीले हत्या नगरेको “ऋण” कालान्तरमा दरबार भित्रिएर तिरेका त होईनन् ?
साभार : http://archive.ratopati.com/sahitya/133268/
Comments