-घनश्याम खड्का
दोस्रो विश्वयुद्धमा अमेरिकाले हानेको बमले ध्वस्त भएको जापानी सहर नागासाकीमा जन्मिएका काजुओ इसिगुरोनोबेल पाउँदा अरूलाई भन्दा आफूलाई एक टुक्रा चीज बढी दिएजस्तो ठान्छन् । नोबेल समिति ठान्छ, ‘गहन संवेगको शक्तिले भरपूर’ उपन्यासहरूका कारण इसिगुरोहारुकी मुराकामी वा सलमान रुस्दीभन्दा पहिले नोबेल पाउन योग्य छन् ।
लन्डनको भित्री भीडभाड सुरु हुनुअघि एउटा बस्ती आउछ जहाँ जापानी र पूर्वी एसियाली मूलका मानिसको बाक्लो बस्ती छ । त्यही बस्तीभित्रको एउटा शान्त घरमा गएकोसाता ठूलोखैलाबैला भयो। अचानक मानिसहरू भेला भए र पत्रकारहरूको ताँती नै लाग्यो। त्यसपछि नै हो, पूर विश्वले नै थाहा पाएको, लेखक काजुओ इसिगुरो त्यही बस्तीका एक बासिन्दा हुन् भन्ने कुरो जसले सन् २०१७ कोनोबेल पुरस्कार भर्खरै पाएको समाचार सार्वजनिक भएको थियो। पुरस्कार पाउने अघिल्लो क्षणसम्म काजुओइसिगुरो यसबार बेखबर थिए । जब उनले आफू पुरस्कृत भएको सुनेउनलाई पत्यार लागेन । उनलेठानेका रहेछन्, सहरमा अचेल फेसन बनेको ‘फेक न्युज’ कै एक शृंखला हो त्यो समाचार । त्यसैले एजेन्टले फोन गररेर सुनाएको खबर उनलाई खबर नै जस्तो लागेनछ । ‘मलाई चिनजानका साथीहरूले भनेको भए पत्याउथे हुँला तर हामीमध्ये त कसैलाई यो खबर नै थिएन,’ उनी भन्छन्, ‘अनि मलाई लाग्यो, झूटा समाचारको तीव्र प्रसार भइरहेकोछ ।’
तर जब आफू पुरस्कृत भएको साच्चै नै तय भयो तब इसिगुरो निकै रोमाञ्चित भए । ‘हरे मलाई कस्तो थाहा नभएको होला ’ खबर सार्वजनिक हुनेबित्तिकै पत्रकारहरू उनका घरमा पुगेपछि इसिगुरो चुकचुकाए, ‘नत्र अलिक चिटिक्क पररे बस्थें र टाउकोपनि पखाल्थें नि ।’ तर उनी चिटिक्क परिरहुन्जेल इसिगुरोलाई कुरिरहने फुर्सद कुनैपनि खबरकर्मीलाई थिएन । राम्रोसंग नमिलाइएको कपाल र चिटिक्क पार्न बाँकी अनुहारमै उनी गोल्डर्स ग्रिनस्थित आफ्नो घरबाट ‘लाइभ’ भए र विश्वभरका मानिसहरूका आँखामा तुरुन्त छाए । हेर्दाहेर्दै उनकोदैलोमा क्यामेरा बोकेका मानिसको लाम लाग्यो। यो लामो लाइनलाई हेर्दै उनको अन्तर्वार्तामा पहिल्यै पुगेका गार्जियनका संवाददातासंग इसिगुरोले विस्मय प्रकट गरे ‘यी मोराहरूलाई म यहाँ बस्छु भनेर कसरी थाहा भएकोहोला ?’ एजेन्टको फोनलाई समेत पत्याउन नसकेका इसिगुरोलाई क्यामेरा बोकेर उनकोअनुहार ताक्दैआएका तिनै‘मोराहरू’ को उपस्थितिले भने आफू पुरस्कृत भएकोविश्वास दिलाएको थियो।
दोस्रोविश्वयुद्धमा आणविक बमलेक्षतविक्षत पारको नागासाकीमा जन्मेका इसिगुरोलाई पांच वर्षको उमेरमा उनका बाआमाले बेलायत ल्याएका थिए । यतै बस्ने कि जापान फर्कने भन्ने अनिश्चयमा अड्किएको उनको परिबारले इसिगुरोसंग सधैं मातृभाषामै कुरा गरे ताकि जापान फर्किएका दिन इसिगुरोलाई भाषाको समस्या नपरोस्। यसले गर्दा उनले कहिल्यै आफूलाई भित्रबाट अंग्रेजभाषी लेखक ठान्न सकेनन्। यद्यपि बेलायतमै हुर्केकाले र त्यहीं पढेकाले उनको अभिव्यक्तिमा सबभन्दा निखारचाहिं अंग्रेजीमै आउथ्यो। मातृभाषा जापानीमा लेख्न चाहेर पनि कमजोर पकडका कारण लेख्न नसकेका इसिगुरोले चिताएकै थिएनन् एक दिन त्यही भाषाले उनलाई लेखक बनाउनेछ र नोबेल पुरस्कार पनि दिलाउनेछ । ‘म अति नै गौरवान्वित भएकोछु,’ पुरस्कार पाएको निधो भए लगत्तै इसिगुरोले भनेका थिए । आफूले बाँचिरहेको समय विश्वव्यापी रूपमै अस्थिर भएको अवस्थामा आफ्ना कृतिहरूले मानिसहरूमा आशा जगाउने आस उनी गर्छन्। ‘संसारमा अहिले असाध्यै दुर्वाेध्य समयमा हामी छौं, हामीले राजनीति र व्यवस्थाप्रति विश्वास गुमाएका छौं,’ उनी भन्छन्, ‘हामी आफ्ना मूल्यहरूप्रति निश्चित छैनौं, यस्तोमा मैलेनोबेल पुरस्कार पाउनुले आशाहरूको पुनर्जागरण गरको छ भन्ने म ठान्छु।’
इसिगुरो महत्ताहीन र व्यर्थको समयमा आशा र संगतिको कुरा गररे थाक्दैनन्, ग्रामी अवार्डका लागि मनोनीत भएको उनको एउटा गीत ‘ब्रेकफास्ट अन दी मर्निङ ट्राम’ मा जस्तै। अमेरिकी ज्याज गायिका स्टेसी केन्टको आवाजमा दुनियाले सुनेको इसिगुरोका शब्दमा आधुनिक जीवनको निस्सारताको एक बेजोड चित्र छ । उनको यो प्रवल अभिव्यक्तिकै कारण गायिका स्टेसीले सिंगो एल्बमकै नाम राखेकी थिइन्, बे्रकफास्ट अन दी मर्निङ ट्राम । छनलाई गीतमा त्यस्तो अचिन्त्य केही पनि छैन तर त्यसका शब्दले सुन्नेको मानसपटमा जुन चित्र तयार पार्छ त्यो हृदय हल्लाउने खालको छ । एक व्यथित र एक्लो आधुनिक मनुवाको रात र दिन कसरी बितिरहेको भन्ने झल्को उनको त्यो गीतले दिन्छ जो भूमण्डलीकृत विश्वमा दिनहु झन्–झन् सत्यझैं सावित भइरहेकोछ (यसै पृष्ठमा हेर्नुहोस् उनको अनूदित गीत) ।
Comments