म जे छु, ठीकै छु, विथोल्न कोही नआउनु !

म जे छु, ठीकै छु, विथोल्न कोही नआउनु !

  • २०७५ असार १ गते
  • गंगामाया अधिकारी

काठमाडौँ — आमा भएर बाँच्नु साह्रै गाह्रो रहेछ, खास गरी सन्तान मारिएपछि । न्याय खोज्दा उल्टै पतिले पनि ज्यान गुमाएपछि त म एकदम एक्ली भएकी छु । त्यसपछि मलाई एक क्षण पनि बाँच्न मन भएन । कम्तीमा यो अन्याय टुलटुल्ती हेरेर अस्पतालको यो कुनामा सागपातजस्तो गरी बाँची रहनु भन्दा त मर्नु न ...

पुरा पढ्नुहोस्
उपन्यास अंश 'काठमाडौंमा एक दिन'

उपन्यास अंश 'काठमाडौंमा एक दिन'

  • २०७४ चैत्र २४ गते
  • शिवानी सिंह थारू

१० बजे । टङ्केश्वर मार्ग, कालिमाटी  । गोदाम गुम्सिएको छ । अँध्यारोमा गोदामका भित्ता, कुना र चेप खासखुस खासखुस गर्दै छन् । रामाले टर्च बाल्छ । टर्चको उज्यालोमा देखिन्छन्- जुटका बोरैबोरा । कतै खातमाथि खात लागेका । कतै उत्तानो लडेका । २५ किलोका ती बोरा मुरैका हुन् । देखिँदैनन्- गोदामभित्र चाल मारे ...

पुरा पढ्नुहोस्
भुइँखाट

भुइँखाट

  • २०७४ फागुन २६ गते
  • कथा : महेशबिक्रम शाह

भुइँखाटमा लम्पसार परें !म भुइँखाटमा सुत्न थालेको हप्तादिन हुन लागेको थियो । हुन त हाम्रो कोठामा बडेमाको गद्दादार सरया नभएको होइन । र, हामी लोग्नेस्वास्नीले यसै सरयामाथि गुटमुटिँदै जीवनका मधुर क्षणहरू नबिताएका पनि होइनौं । यो सरया हाम्रो विवाह भएदेखि नै जीवनको एक अभिन्न अङ्ग बनिसकेको ह ...

पुरा पढ्नुहोस्
जंगबहादुरको राजिनामा गर्ने इच्छा !

जंगबहादुरको राजिनामा गर्ने इच्छा !

  • २०७४ फागुन १० गते
  • पद्मजंग राणा

राजनीति गर्ने मानिसको जीवनशैली भगवानको जस्तै बुझिनसक्नु हुँदो रहेछ । हामी उनीहरूको आन्तरिक मनसाय बुझ्न असमर्थ हुन्छौँ । उनीहरूको यथार्थ आशय यही हो भनेर ठम्याउन सक्तैनौँ । त्यसैले हामी हजारौं युक्ति सङ्गत व्याख्या र विवेचना गर्दछौँ । यो सिद्धान्त खास गरेर ती राजनीतिक व्यक्तिहरूमा लागु हुन्छ, जो आफ्ना ...

पुरा पढ्नुहोस्
 बुख्याँचा : पुस्तक अंश

बुख्याँचा : पुस्तक अंश

  • २०७४ पुस ३० गते
  • सत्यजीत राय

उनीहरू पनाघरमा पुग्न लागेका के थिए, मृगान्कोबाबुको आशंकाको पुष्टि भइहाल्यो। उनका कारको पेट्रोल सकियो। निकै समययता पेट्रोल देखाउने यन्त्रले राम्ररी काम गर्न छाडेको थियो। आज बिहान बाटो लाग्नुअघि उनले यो कुरा उनको चालक सुधीरलाई बताएका थिए। तर सुधीरले टेरपुच्छर लगाएन। वास्तवमा कारमा पेट्रोल यन्त्रले देख ...

पुरा पढ्नुहोस्
मजाक : पुस्तक अंश (यार)

मजाक : पुस्तक अंश (यार)

  • २०७४ पुस २७ गते
  • नयनराज पाण्डे

मजाक   किन बस्छ सलिम सिनेमाका पोस्टर टाँसिएका भित्तामुनि ? के त्यो सदरलाइनबाट एकलैनी बजार पस्ने गल्लीतिर मोदिंदा मोदिंदैको दाहिने भित्ता होइन ? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ ? म हरेक दिन सम्झन्छु सलिमलाई । जबजब नेपालगन्जसित जोडिएका स्मृतिले भरिएको दराज खोल्छु, पुरा ...

पुरा पढ्नुहोस्
पुस्तक अंश– निर्वाणः मानिस कुनै पनि बेला बहुलाउन सक्छ !

पुस्तक अंश– निर्वाणः मानिस कुनै पनि बेला बहुलाउन सक्छ !

  • २०७४ पुस १७ गते
  • घनश्याम खड्का

म कोठाबाट निस्किएँ हतार गरेर । मूल ढोका खोलेँ । बाइक निकालेँ । अनि एकदम जोडका साथ हिजो राति आएकैतिर बतास्सिएँ । बाक्लो हुस्सुले बाटो उभिएको ठाउँभन्दा पर अलिकति मात्रै देखिन्थ्यो । त्यसपछि चाहिँ संसारको सिमाना यहीँबाट सकिएछ क्यारे भनेजस्तो गरी परपरसम्म हुस्सुमात्रै फैलिएको थियो, लम्पसार परेर । अमूर्त ...

पुरा पढ्नुहोस्
पुस्तक अंश–जुवाडेको कथा र कांग्रेसको राजनीति

पुस्तक अंश–जुवाडेको कथा र कांग्रेसको राजनीति

  • २०७४ पुस १५ गते
  • जगदीश घिमिरे

मसँग थोरै पैसा थियो र धेरै आँट । सबैभन्दा ठूलो कुरा आफ्नो जन्मभूमिका लागि केही गर्नुपर्छ भन्ने आत्माको आवाज थियो । यही कारण गैरसरकारी संंस्थाका रुपमा तामाकोशी सेवा समिति नामक संस्था खोलेका थियौं । राम्रा काम गर्ने योजना थियो तर हाम्रो देशमा कुनै काम गर्नुको अर्थ कुनै पदमा पुग्ने र राजनीति गर्ने साधन ...

पुरा पढ्नुहोस्
आफ्नै सगरमाथाको प्रश्न !

आफ्नै सगरमाथाको प्रश्न !

  • २०७४ मंसिर २८ गते
  • लेखकः बाबुराम आचार्य (पुस्तक अंश)

हिमालय पर्वतमालाको ‘महालङ्गुर’ हिमशृङ्खलामा २८० उत्तरी आक्षांश र ८७० पूर्वी देशान्तरको करिबमा रहेर विश्वको एउटा सर्वोच्च हिमशिखरले अनादिकालदेखि नै आफ्नो गौरवशाली मस्तकलाई उच्च राख्दै विश्वभरका उत्साही युवाहरुलाई उनीहरुको अद्वितीय साहस, अथक परिश्रम र अनुपम धैर्यहरुका निमित्त कठोर चुन ...

पुरा पढ्नुहोस्
 लालबाबुलाई दुतावासका कर्मचारीले धम्क्याउदा...

लालबाबुलाई दुतावासका कर्मचारीले धम्क्याउदा...

  • २०७४ मंसिर २३ गते
  • लालबाबु पण्डित : पुस्तक अंश

कोइराला परिवारका प्रभावशाली नेता डाक्टर शेखर कोइरालालाई एमाले नेता लालबाबु पण्डितले पराजयको स्वाद चखाएकाछन् |केहिबेरअघि सम्पन्न मतगणनाअनुसार लालबाबुले ६७५ मतान्तरको जित हासिल गरेका छन् । लालबाबुले ३३ हजार ९४१ र शेखरले ३३ हजार २६६ मत पाएका छन् । केहि दिन अघिको चुनावी सभामा शेखर कोइरालाले आफ्नो प्रतिद ...

पुरा पढ्नुहोस्
महको म : पूर्णाङ्क ३० !

महको म : पूर्णाङ्क ३० !

  • २०७४ मंसिर १५ गते
  • मदनकृष्ण श्रेष्ठ

आफूले आफैंंलाई मूल्याङ्कन गर्दा स्कुले जीवनमा म पढ्ने खालकै विद्यार्थीको पङ्क्तिमा पर्थेंजस्तो लाग्छ । तर, पढाइका लागि घरको वातावरण, घरदेखि स्कुलसम्मको दूरी, आर्थिक अवस्था, परिवारको व्यवहार र आफ्नो पढ्ने क्षमताले विशेष असर पार्छ । मेरो स्कुले जीवनमा पनि यस्तै एकाध कुराले धेरै असर पारे । त्यसैले मेरो ...

पुरा पढ्नुहोस्
दोचा

दोचा

  • २०७४ मंसिर १३ गते
  • कुमार नगरकोटी

२०७४-यो विक्रम संवत् २०३७/०३८ तिरको कुरा हो । चिन्डे नगरकोटी त्यस बेला एक अबोध बालक थियो । यो कुरा भने बेग्लै हो कि त्यो बचपनको अबोधपना –अरू मानिसहरूझैं– जवानीमा नष्ट भयो ।   जवानीले भर्जिन बाल्यकालका निश्छलता, निर्दोषपना तथा कौमार्य पवित्रताहरूलाई भ्रष्ट एवम् नष्ट गर्ने कुरा स ...

पुरा पढ्नुहोस्
पुस्तक अंश - असफल स्कूल

पुस्तक अंश - असफल स्कूल

  • २०७४ मंसिर १० गते
  • जोन हल्ट

मैले विभिन्न स्तरमा स्कुल सञ्चालक, शिक्षक, योजनाकार र शैक्षिक अधिकारीहरूसँग कुरा गर्ने मौका पाएको छु। उनीहरूमध्ये धेरैजसो हाम्रा स्कुलको दशा देखेर चिन्तित छन्। सुधारको सही दिशा थाहा भए, र अलिकति हिम्मत भए, उनीहरू स्कुललाई केटाकेटीका निम्ति राम्रो ठाउँ बनाउन उत्सुक छन्।तैपनि, हाम्रा अधिकतर स्कुलको स् ...

पुरा पढ्नुहोस्

नेपाली कसरी लेख्ने

  • २०७४ कार्त्तिक ११ गते
  • शिक्षक मासिक

नेपाली हाम्रो भाषा हो। नेपालभित्र र बाहिरका सबै नेपालीको साझा भाषा। आपसमा संवाद गर्न हामीलाई नेपाली भाषा नै चाहिन्छ। हाम्रो स्वाभाविक, प्राकृतिक अभिव्यक्ति नेपाली भाषामै हुन्छ। नेपालीमै लेखेर मात्र हामी नेपालीको मन छुन सक्छौं, बढीभन्दा बढी नेपालीसम्म पुग्न सक्छौं। त्यसैले नेपाली ठीकसँग लेख्न जान्नु ...

पुरा पढ्नुहोस्
त्यो रात धेरै लामो भयो

त्यो रात धेरै लामो भयो

  • २०७४ कार्त्तिक ५ गते
  • उपन्यास अंश: 'टालाटुली'

- टंक चौलागाईं    नको विद्यालयबाट फर्किने समय म जस्तै पक्षीहरुले पनि हेक्का राख्थे । रुख-रुखबाट फुत्तफुत्त नाच्दै सङ्केत दिइहाल्थे । कोही-कोही त बाटोमै स्वागत गर्न पुग्थे । मलाई खेलमा व्यस्त छाडेर कुसुम आफ्नै सुसेधन्दामा लागेकी थिइन् । यसरी म तङ्ग्रिनु पनि उनका लागि अलिक फुर्सद निस्कियो । ...

पुरा पढ्नुहोस्
एकमात्र औषधि प्रजातन्त्र

एकमात्र औषधि प्रजातन्त्र

  • २०७४ कार्त्तिक ५ गते
  • उपन्यास अंशः हन्बेर्नो

- दिनेशकुमार कार्की    २९ जुलाई, २०१२ । सुनकोस नदी एकतमासले बगिरहेको थियो । शान्त छाल सँगसँगै मन्दमन्द चिसो हावा चलिरहेको थियो । ००० अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा भुटान नागरिक समाजको बैठक बस्यो । माया, चन्द्रिका, कमला, सुरज, बाघबहादुर, प्रभात, विष्णु, रूपनारायण, दलबहादुर एवम् स्वदेश ...

पुरा पढ्नुहोस्
कल्लीः उपन्यास अंश- आइमाई हुनुको अर्थ खुल्यो !

कल्लीः उपन्यास अंश- आइमाई हुनुको अर्थ खुल्यो !

  • २०७४ कार्त्तिक ५ गते
  • हरिमाया भेटवाल

-हरिमाया भेटवाल   बिहे गरेको ठ्याक्कै नौ वर्ष आठ महिना भएछ…। घाम डाँडामुन्तिर डुब्नुअघि नै घरका थुप्रै काम सक्ने हतारो थियो कल्लीलाई । “ए बा काँ छौ ?” बाहिरबाट कसैले बोलायो । बा निस्किए आँगनमा । “लौ डिल्लु तँ ?” बाहिर बाको खुसी मिसिएको स्वर सुनियो । कल्लीले भित्रै ...

पुरा पढ्नुहोस्
चुइँचुइँ चुइँकिने जुत्ता

चुइँचुइँ चुइँकिने जुत्ता

  • २०७४ कार्त्तिक ५ गते
  • प्रोल्लास सिन्धुलीय

- प्रोल्लास सिन्धुलीय     आँगन सुनसान थियो । उज्यालो भएको निकै बेर भए पनि बाक्लो हुस्सु देउराली गाउँलाई छाडेर उड्न अल्छी गरिरहेको थियो । हुस्सुको पर्दाभित्रबाट हेर्दा घाम जून जस्तो देखिइरहेको थियो, बिल्कुलै ताप र रापविहीन । ‘लौ हिँडेँ है म त ! भोलि दोपहरसम्म आइपुग्छु,&rsquo ...

पुरा पढ्नुहोस्

बेकार रोएछु !

  • २०७४ असोज २८ गते
  • दामोदर न्यौपाने

झर्रो बोली त्यसमा पनि उखान टुक्का चित्रबहादुर केसीको वेग्लै बोल्ने शैली छ । छुट्टै राजनीतिक पहिचान छ, राजनीतिमा उनको पार्टी सानो छ तर समाजमा उनको छबी उच्च र प्रतिष्ठत छ । मन्त्री हुँदा होस वा सांसद हुँदा उनको जीवन शैली उस्तै छ । लामो समयदेखि काठमाडौमा डेरा जीवन बिताउँदै आएका केसी राष्ट्रिय जनमोर्चाक ...

पुरा पढ्नुहोस्
मेरो बोनस जीवन

मेरो बोनस जीवन

  • २०७४ असोज २५ गते

 चीजकुमार श्रेष्ठ चिनामा लेखिएको जीवन बाँचेर त्यसमा नलेखिएको बोनसको जीवन बिताएको एक वर्ष भयो । १३ जेठ ०७४ मा मैले ७४ वर्ष टेकेँ । म साधारणतया मृत्युबारे धेरै नसोच्ने र यो त हामी जन्मँदै जीवनसँगै आउने कुरा हो भनी हल्का रूपमा लिने मान्छे हुँ । तर, ०७२ सालभर म भित्रभित्र यति पिरोलिएँ कि बाँचेर पनि ...

पुरा पढ्नुहोस्