• समानताका पाइलाहरु

समानताका पाइलाहरु

संगीत निर्देशकले वाद्यवादकलाइ एकै दिशामा डोर्याएर मिठो धुन सिर्जना गरेझै समाजका सबै अवयव परिचालन गरेर लोकतन्त्र र सामाजिक न्यायको नेतृत्व गर्ने दाइत्व राजनीतिक पार्टीहरुको हो उनीहरुले सहि कदम चाले यो अभियान सफल हुन्छ, गल्ति गरे देश दशकौं पछि पर्छ। तसर्थ सामाजिक मुद्दाको अध्ययनका लागि पार्टीहरु केन्द्रबिन्दु हुन्।

अभियान्त र प्राज्ञिक दुवै भूमिकामा रहेकी डा. बिन्दा पाण्डेले लेखेको यो कृतिमा नेपाली राजनीतिमा महिला सहभागिता, लैंगिक समानताका सिद्धान्तको विवेचना र आन्दोलनको आलोचनात्मक समिक्षा गरिएको छ। आन्दोलनबाट प्राप्त उपलब्धिको वहिंगम चर्चा गरिएको छ। नयाँ चुनौतिको सविस्तार व्याख्या पनि। असंगतिका विषयमा लेखकले आफु सम्बद्ध पार्टीलाई पनि बाँकी छाडेकी छैनन्। तसर्थ पुस्तक यथार्थपरक छ।