• हजार माइलको बाटो

हजार माइलको बाटो

हजार माइलको यात्रा नेपालको कम्युनिस्ट आन्दोलनका दुइ शिखर संस्थाहरुको आरोह र अवरोहको पृष्ठभूमिमा रचिएको कथा हो | यो कृति उनका अघिल्ला उपन्यास 'प्रेत्कल्प' र 'वृषभबध'पछिको अर्को शृंखला हो | नरेन्द्रनाथ, धिरेन्द्र र दिलबहादुरको त्रिकोणमा बुनिएको रोचक कथाले आधा शताब्दीको एउटा रङ्गीन तस्वीर खिचेको छ |

नारायण ढकाल nepali साहित्यसंसारका सुपरिचित राजनीतिक आख्यानकार हुन् | उनि नेपालको वाम आन्दोलनका सक्रिय अभियन्ता पनि हुन् | पत्रकार, कवि, निबन्धकार र वैचारिक टिप्पणीकर्ताका रुपमा समेत उनको परिचय बनेको छ | यसअघि उनको सङ्कलितकथाकृति नारायण ढकालका कथा फिनिक्स बुक्सबाट प्रकाशित छ |