• चीन तिब्बत र नेपाल

चीन तिब्बत र नेपाल

नेपाल, चीन र तिब्बतसम्बन्धको ऐतिहासिक दस्ताबेज हो, चीन, तिब्बत र नेपाल | पुस्तकमा लेखकले तिब्बत एवंम् चीनसंग नेपालका कुटनीतिक सम्बन्धका विषय मात्र समेटेका छैनन्, यी मुलुकसंग गरिएका सन्धिसम्झौता र युद्धलाई पनि रोचक किसिमले प्रस्तुत गरेका छन् | पुस्तक पढ्दै गर्दा लाग्छ- नेपालको इतिहास गौरवपूर्ण एवम् संघर्षमय थियो | तथ्य र प्रमाणसहित लेखिएको यो पुस्तक इतिहासबारे रुचि राख्नेहरूका लागि 'संजीवनी बुटी' सावित हुन सक्छ |