• परित्यक्ता | Parityakta

परित्यक्ता | Parityakta

भुवन कोइरालाका नामले सुरुमा साहित्यिक जगतमा परिचित भुवन ढुंगानाको जन्म विराटनगरमा भएको हो।  बाल्यकालको शिक्षादीक्षा बनारसमा पाएकी उनले विश्वभारती विश्वविद्यालय,शान्ति निकेतनबाट नृत्य र बंगाली भाषामा स्नातक र त्रिविबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छन्।  पंचायतकालमा 'सिउँडी' साहित्यिक त्रैमासिकको सम्पादनसमेत गरेकी उनको 'युद्धको घोषणा गर्नुभन्दा अघि' र 'धर्मविम्ब' कथासंग्रह प्रकाशित छन्।  बीपी कोइराला साहित्य सम्मानलगायत थुप्रै पुरस्कारप्राप्त उनको यो पहिलो उपन्यास हो।