• कोटेश्वरको केटो | Koteshwarko keto

कोटेश्वरको केटो | Koteshwarko keto

… मैले अँध्यारोमै आमालाई खोजें, घरभित्र पस्दासाथ। आमा बोलिनन्, कोहि पनि बोलेनन्। कहाँ गए आमा, दिदी, भाउजु र दाइहरू ? आफैसँग प्रश्न गरे। घरमा आम नहुँदा खल्लो लाग्थ्यो। आमाको गाउँ डुल्ने आदत थियो। आमाले गाउँ डुलेको मलाइ खुब मन पर्थ्यो। किनकि म पनि उनको पछि लागेर डुल्न पाउँथे। आमाको फरियाको फेरो समातेर मा खुब गाउँ डुल्थे।

त्यस दिन किलोमा गाई बाँधेर घर बस्न मन लागेन। आमा जो थिइनन् घरमा। घरभित्र झन् चिसो भए जस्तो लाग्यो। बतासले जस्तापाताको मेरो घरको छानो पनि बिस्तारै हल्लाइरहेको थियो। जस्तापाता हल्लिएर निस्किएको आवाज मलाइ अधिक नमिठो लाग्थ्यो। अझ चैतमा चल्ने हुरीले त्यो जस्तापातासंगै सिंगो घर नै उडाउला जस्तो हुन्थ्यो। चैत मेरो सबैभन्दा मन नपर्ने महिना र चैते हुरी सबैभन्दा सकस दिने तत्व। मलाइ घरभित्रको अँध्यारोले निमोठेको महसुस हुन थाल्यो। म निस्किएँ घरबाट। …