Shopping Cart
Sulochanaa | सुलोचना

Sulochanaa | सुलोचना

वि.सं. २००२ सालमा तत्कालीन भाषानुपरिषद्का अध्यक्ष श्री मे. क. पुष्करशमशेरको चुनौतीलाई स्वीकार्दै लक्ष्मीप्रसाद देवकोटाले दश दिनमै लेख्नुभएको महान् कृति हो- सुलोचना । यसको सिर्जनापछि नै उहाँले महाकविको सर्वस्वीकार्य लोक-उपाधि पाउनुभएको थियो ।

सुलोचनामा कल्पनाको उडानभन्दा पनि सामाजिक यथार्थको गहिराइ छ। स्रष्टाको जीवन-दर्शन र निजी भोगाइ छ। अनि साहित्यिक सौन्दर्य र भाव पक्षको एउटा बेग्लै उचाइ छ।

महाकाव्य भईकन पनि सुलोचना पूर्णतः औपन्यासिक स्वादमा छ । यसबारेमा महाकविले कृतिको भूमिकामा आफैं भन्नुभएको छ- '... के उपन्यास छन्दमा लेखिन सकिँदैन ? सायद कविता र उपन्यास मिले दुवैको मजा आउला। कति सफलता पाएको छ, सो पाठकले विचार गर्ने कुरा हो।'

Book Title Sulochanaa | सुलोचना
AuthorLaxmi Prasad Devkota
ISBN9789937921602
Edition LanguageNepali
Published Year2018
PublicationManjari Prakashan
Pages302
Category कविता