Shopping Cart
Sarsarti Sansar |  सरसर्ती संसार

Sarsarti Sansar | सरसर्ती संसार

यो यात्रावर्णन पढ्दा नेपालबाहिरका नेपालीको साहित्य, संस्कृतिप्रति निष्ठा देखेर हामी गद्गद् हुन्छौं । - राष्ट्रकवि माधव घिमिरे
पाठकले पनि नियात्राकारसँगै विभिन्न देश आफै पुगेको अनुभूति गर्नेछन् । - सत्यमोहन जोशी
लेखक आफ्नो नामबाट निस्किने जीवनदायी औषधि जीवन्तिकासँगै यात्रामा हिँडेजस्तो लाग्यो । - मदनमणि दीक्षित
भावनात्मक र रसमय शैलीमा गरिएको यात्रावर्णन रोचक छ । - निर्मोही व्यास
गैरआवासीय नेपाली सङ्घका अभियन्ता तथा पूर्वअध्यक्ष जीवा लामिछाने शिक्षाले इन्जिनियर, पेसाले व्यवसायी, समर्पणले साहित्यसेवी एवम् समाजसेवी हुन् । पढ्नु, भ्रमण गर्नु र भ्रमणका क्रममा अनुभूत गरेका विषयलाई टिपोट गर्नु उनको सोख हो ।


चितवनमा जन्मिएका उनी पुल्चोकस्थित इन्जिनियरिङ कलेजबाट ओभरसियर बने । छात्रवृत्तिमा सोभियत सङ्घ पुगे । मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट उनले स्नातकोत्तर उत्तीर्ण गरे । त्यही बेला सोभियत सङ्घ विघटन भयो | रूसले आर्थिक सुधार थालेपछि यी चनाखा इन्जिनियरले मस्कोमै व्यवसाय सुरू गरे । अढाई दशकको व्यावसायिक जीवनमा उनले लगानी नेपाल पनि भित्र्याए, सानिमा बैंक, कान्तिपुर टेलिभिजन तथा विभिन्न जलविद्युत्, अस्पताल, कलेजका क्षेत्रमा । पछिल्लो समय उनी जर्मनीको प्रयाङ्कफर्टमा होटल व्यवसाय गर्दैछन् । 
यस सङ्ग्रहमा उनले गैरआवासीय नेपाली सङ्घको अभियान र व्यावसायिक तथा पारिवारिक भ्रमणका क्रममा भोगेका पाँचै महादेशका अनुभूतिलाई समेटेका छन् । जन्मस्थान पद्मपुरको नामबाट पद्मश्री साहित्य पुरस्कार तथा पद्मश्री साहित्य सम्मान स्थापना गरेका उनले संसारलाई स्वादपूर्वक नियाल्ने नियात्रामार्फत नेपाललाई बाहिर बाहिरै जोडेका छन् ।

Book Title Sarsarti Sansar | सरसर्ती संसार
Authorजीवा लामिछाने
ISBN9789937909044
Edition LanguageNepali
Published Year2016
PublicationNepa~laya
Pages220
Category नियात्रा