Sadhguru | सदगुरु: जीवनी र दर्शन
-
Writen byअनुपम पोखरेल
- PublisherPachpokhari Prakashan Griha
योगी भन्नेबित्तिकै आफूलाई अनेक कष्ट दिएर तप गरेको हुनाले शरीर कमजोर भएको तथा क्लिष्ट शब्दावली प्रयोग गर्ने गम्भीर अनुहारको मानिसको जुन कल्पना हुन्छ, सद्गुरु त्यसको ठ्याक्कै विपरीत छन् । उनी मोटरसाइकल कुदाउँछन्, हेलिकप्टर उडाउँछन्, धाराप्रवाह अङ्ग्रेजी बोल्छन् र गल्फ खेल्छन् ।
उनका प्रवचनहरूमा विज्ञान र अध्यात्मको सन्तुलन हुने गर्छ । प्राचीन आध्यात्मिक ज्ञान र आधुनिक समाजलाई जोड्ने उनी एक सेतु हुन् भन्दा हुन्छ । उनका लाखौँ प्रशंसक र अनुयायी छन् ।
सम्बुद्ध योगी र रहस्यद्रष्टाका रूपमा परिचित उनको अहिलेसम्मको जीवन र दर्शन समेटेर यो पुस्तक तयार पारिएको हो ।