Shopping Cart
राज्य संचालनका आधारहरू / Rajya sanchalanaka aadharharu

राज्य संचालनका आधारहरू / Rajya sanchalanaka aadharharu

सरकारी उच्चपदस्थ कर्मचारीको तहमा रहेर पनि ज्ञान, सीप र अनुभवलाई सिर्जनशील रूपमा प्रस्तुत गर्ने तथा आफ्ना दृष्टिकोणलाई स्पष्ट रूपमा प्रकाशनका माध्यमबाट बौद्धिक जनसमक्ष लैजाने आँट गर्ने व्यक्तिहरू मुलुकमा ज्यादै कम छन्। नेपाल सरकारका सचिव श्री गोपीनाथ मैनाली ती थोरै सिर्जनशील व्यक्तिहरूमध्ये पर्नुहुन्छ। 'रान्य सञ्चालनका आधारहरू' शीर्षक नामक पुस्तकमार्फत उहाँले संविधान र सार्वजनिक नीति, व्यवस्थापनका अवधारणा, सिद्धान्त र प्रयोग, सार्वजनिक नीति, सार्वजनिक कर्मचारी प्रशासन, विकास प्रशासन र वित्तीय व्यवस्थापनका विविध पक्षमा विस्तृत र गहन विश्लेषण गर्नुभएको छ। राज्य सञ्चालनका विविध पक्षहरूको विश्लेषण गर्ने क्रममा उहाँले राजनीतिक परिवर्तनसँगै मुलुकमा देखा परेका प्रशासकीय तथा व्यवस्थापकीय चुनौतीहरूलाई अनुभवयुक्त ढङ्गले प्रस्तुत गर्न सफल हुनुभएको छ।

सरल र स्पष्ट भाषा शैलीमा लेखिएको यो पुस्तकको अध्ययनबाट मुलुकका नीति निर्माताहरू, प्रशासकहरू तथा राज्य सञ्चालनको जिम्मेवारीमा रहेका अन्य व्यक्तिहरू, अध्ययन अध्यापनमा संलग्न बौद्धिक जगत्का व्यक्तिहरू तथा नागरिक समाजका व्यक्तिहरूसमेत लाभान्वित हुनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु। मैनालीजीको सिर्जनशीलता र आफ्‌नो निजामती सेवाकालको ज्ञान र अनुभवहरू आगामी दिनहरूमा पनि यस्तै प्रकारका कृक्तिहरू मार्फत वौद्धिक जनसमक्ष आउन सकुन् भनी उहाँलाई शुभकामना व्यक्त गर्न चाहन्छु।

-डा. युवराज खतिवडा उपाध्यक्ष, राष्ट्रिय योजना आयोग

Book Title राज्य संचालनका आधारहरू / Rajya sanchalanaka aadharharu
Authorसोपान मासिक
ISBN9789937902052
Edition LanguageNepali
Published Year2010
PublicationMakalu publication house
Pages1060
Category आयोग