Shopping Cart
राधा | Radha

राधा | Radha

छोरी भएँ भनेर तिमि आफुलाई कमजोर नठान | छोरा र छोरीहरुमा केहि फरक छैन | प्रकृतिले दिएको लिंगीय भेद्बहेक बुद्धिमा, बलमा, चलाखीमा कुनै कुरामा तिमीहरु कमजोर छैनौ | बरु केताहरुभंदा तिमीहरुमा बढी शक्ति छ | तिमीहरु स्वयम् भावनात्मक हतियार पनि हौ ; आफ्नो रुपको, लज्जाको अभिनय गरि शत्रुलाई पराजित गर्न सक्छौ ...
मानिसको शक्ति कमजोर पार्ने अर्को मूल हतियार हो उसको तारिफ र प्रशंशा | प्रशंशाले मानिसको शक्तिशाली पखुरहरुलाई पनि शिथिल  पार्छ | प्रशन्नता, खुशी र आत्मसन्तुष्टिको भाव युद्ध बिरोधि हुन्छ | आत्मसुखको भावले विचार, शरीर र सोचमा शिथिलता ल्याउछ | युद्धकालमा शत्रुपक्षलाई उसको बहादुरी, शासन र महानताको चर्चा गरी लक्ष्यबाट बिचलित गराउन सके आधा युद्ध जितिन्छ |

Book Title राधा | Radha
Authorकृष्ण धरावासी
ISBN9789937541275
Edition LanguageNepali
Published Year2005
PublicationPairawi Book House
Pages336
Category उपन्यास