Shopping Cart
प्रकृति सहअस्तित्वको खोजि/Prakriti sahaastitwako khoji

प्रकृति सहअस्तित्वको खोजि/Prakriti sahaastitwako khoji

पर्यावरणीय संकट र जलवायु परिवर्तन विश्वकै प्रमुख चुनौती बनिरहेका वेला २७ वन तथा वातावरणकर्मीहरूको लेखसँगालो प्रकृतिः सहअस्तित्वको खोजी अत्यन्त सान्दर्भिक बनेको छ । वनकर्मीहरूले वन विज्ञान अध्ययन संस्थान, अन्य विश्वविद्यालयमा अध्ययन गर्दा वा ग्राजुएट भएपछि देशी तथा विदेशी संस्थामा काम गर्दा सँगालेका तीतामीठा र विस्मयका अनुभवहरू पुस्तकमा लिपिबद्ध गरिएको छ । अनुभूतिपरक संस्मरणहरूको यस सँगालो वनकर्मीहरूको पहिलो सृजनात्मक प्रयास हो । पुस्तकको मूल सन्देश छः मानवकेन्द्रित विश्वदृष्टिकोणले पर्यावरणलाई तहसनहस गरेकाले अबको आवश्यकता पर्यावरणकेन्द्रित विश्वदृष्टिकोण हो ।
पुस्तकले विविध विषयमा बोलेको छ- वन व्यवस्थापन, पर्यावरणीय संकट, वन्यजन्तुसम्बन्धी अनुसन्धान, संरक्षित क्षेत्र, आदिवासी ज्ञानपरम्परा, वन अध्यापन र प्रशासन, जलवायु परिवर्तन, सार्वजनिक बसयात्रा, जलाधार व्यवस्थापन, लैंगिक विषय, समावेशी र दिगो विकास अनि घरपालुवा प्राणी । अनकन्टार वनजंगल, दुर्गम हिमाली भेग, भिन्न सामाजिक तथा सांस्कृतिक परिवेशमा काम गर्दाका कठिनाइ, दुःख पीडा, उल्लास र स्थानीय समुदाय र आदिवासी जनजातिबाट प्राप्त सहयोगलाई सम्फेर लेखकहरू नोस्टालजिक बनेका छन् । साथै प्रकृति संरक्षणजस्तो ऐतिहासिक जिम्मेवारीको सानो भए पनि अंश हुन पाएकोमा कृतज्ञ भएका छन् । सरल भाषाशैलीले पुस्तक पठनीय बनेको छ । साथै पर्यावरणीय साहित्यको क्षेत्रमा पनि यसको योगदान रहने अपेक्षा गरिएको छ ।

Book Title प्रकृति सहअस्तित्वको खोजि/Prakriti sahaastitwako khoji
Authorडा. रोशन शेरचन/ डा.हिमलाल श्रेष्ठ
ISBN9789937963633
Edition LanguageNepali
Published Year2023
PublicationIndigo inc.
Pages267
Category गैरआख्यान