Shopping Cart
पर्थक / Parthak

पर्थक / Parthak

पथिक अर्थात् एउटा पथ वा भनूँ बाटोमा हिँडिरहेको व्यक्ति । उपन्यास 'पथिक' एउटा त्यस्तै नायकको वरिपरि घुम्छ, जो पढ्दैन । उसलाई अरु नै केही कुराको नशा छ । त्यही नशाका माध्यमबाट ऊ प्रसिद्ध बन्छ । सफल हुन्छ ।

कति पढ्नु ? र, अझै कति पढ्‌नुपर्ने ? के नपढी चाहिँ जीवन सफल हुन सक्दैन ? के नपढी ठूलो मान्छे बन्त सकिंदैन ? यही सोचबाट सिर्जित उपन्यास हो पथिक ।

'पढ्नु भनेको सिक्नु हो र सिक्नका लागि पढ्नु नै पर्छ भन्ने छैन, पढाइबाहेक अन्य माध्यमबाट पनि हामीले सिक्न सक्छौं भन्ने कुरालाई उपन्यासको नायकका माध्यमबाट मनमोहक शैलीमा प्रस्तुत गरिएको छ ।

Book Title पर्थक / Parthak
AuthorRiwaj Rokka
ISBN978993771604211
Edition LanguageNepali
Published Year2024
Pages416
Category उपन्यास