Shopping Cart
परराष्ट्रका पात्र /Pararashtraka Patra

परराष्ट्रका पात्र /Pararashtraka Patra

नेपालको कुटनीतिक सेवामा झण्डै चार दशक बिताएका डा. मदनकुमार भट्टराईको पुस्तक परराष्ट्रका पात्रमा विदेश अड्डाका प्रमुख सञ्चालक तथा विदेशनीतिका स्रष्टाहरूका बारेमा विस्तारमा चर्चा गरिएको छ । पूर्वपरराष्ट्र सचिव, पूर्वराजदूत एवम् दुई बर्ष राष्ट्रपतिका कुटनीतिक मामिला सल्लाहकारसमेत रहेका भट्टराईको यो किताब पढ्दा नेपालको परराष्ट्र मामिला हालसम्म कस-कसले, कसरी चलाए भन्नेबारे तथ्यपरक जानकारी मिल्छ । विभिन्न कालखण्डमा नेपालको परराष्ट्र नीति के-कसरी तय भयो ? कुन नेता वा मन्त्रीको काम गर्ने शैली कस्तो थियो ? त्यसले समग्र परराष्ट्र सम्वन्ध सञ्चालनमा कस्तो असर पायो भन्नेबारे यो किताबले राम्रोसँग प्रष्ट्याउँछ ।

छोटकरीमा भन्दा, नेपाली कुटनीतिका प्रमुख सञ्चालक र उनीहरूले सञ्चालन गरेको कुटनीतिबारे सरल शैलीमा बुझाउने पुस्तक हो - परराष्ट्रका पात्र ।

Book Title परराष्ट्रका पात्र /Pararashtraka Patra
Authorडा मदनकुमार भट्टराई
ISBN9789937061483
Edition LanguageNepali
Published Year2019
PublicationKitab Publishers
Pages310
Category गैरआख्यान राजनीति