Shopping Cart
नेपाली देवीदेवता (देवमाला)। Nepali Devidewata (Devamala)

नेपाली देवीदेवता (देवमाला)। Nepali Devidewata (Devamala)

उहिले मल्ल कालमा भारदार खलक वा कर्मकाण्डी वर्गले आफ्नो वरिपरि र खासगरी राजनीतिसम्बन्धी महत्त्वपूर्ण घटनाहरूको तिथिमितिसहित टिपोट गरिएका 'ठ्यासफु' सामग्रीले धेरै सूचना संगृहित गरेका छन् भने त्यसको अनुकरणमा पर्वते भारदार र कर्मकाण्डी वर्गले 'नेपाली खस' भाषामा 'वंशावली' लेख्ने र फुर्सतमा पढेर आफ्नो सामान्य ज्ञान वृद्धि गर्ने गरेको अनुमान गरिएको छ । उपर्युक्त दुबै किसिमका धेरै सामग्रीहरूबारे विद्वान्हरूले चियो-चर्चा र केहीको प्रकाशन पनि गरेका छन् । त्यस्ता अप्रकाशित सामग्री पनि यथेष्ट रहेको अनधिकृत सूचना पाइने गरिन्छ तर नेपालका देवीदेवता वा तिनका पूजास्थल वा वस्तुहरूबारे चिन्नै पूर्वोत्तम प्रकारका कुनै लेखोट नपाइने परिप्रेक्ष्यमा यस प्रस्तुत लघु ग्रन्थले ठूलो अभावको पूर्ति गरेको मान्न करै लाग्छ । यद्यपि यो सम्पूर्णतया विश्वसनीय भने मान्न गान्हो छ। प्रस्तुत ग्रन्थमा परेका अभाव पक्षलाई छोडेर भाव पक्षलाई प्राथमिकतामा राखेर यहाँ विचार गर्ने जमर्को परेको हो भन्ने आदरणीय पाठकहरूमा विनम्र निवेदन गरिएको छ