Shopping Cart
नेपालेश्वर । Nepaleshwar

नेपालेश्वर । Nepaleshwar

नेपालको रक्तरञ्जित शाहवंशीय इतिहासका बारेमा भारतका प्रसिद्ध लेखक 'विराज'बाट लेखिएको रोमाञ्चक उपन्यास हो यो ।

उपन्यास भनिए पनि यसमा इतिहासको गहन अन्वेषण छ । हाम्रा इतिहासकारहरू मौन रहेका कतिपय घटनाका बारेमा समेत लेखकले खुलेर लेखेका छन् । बाघको झम्टाइबाट पृथ्वीनारायण शाहको मृत्यु भएको सन्दर्भ यस्तै एउटा उदाहरण हो । कतिपय पात्रहरूका नाम इतिहासमा उल्लेख भएभन्दा भिन्न छन् । दरबारिया भाषा पनि अलि अमिल्दो लाग्छ । यद्यपि हाम्रो इतिहासमाथि न्याय गर्ने कुरामा लेखकले कुनै कसर बाँकी राखेका छैनन् ।

चुम्बकीय भाषाशैली, घटनाको आकर्षक वर्णन यसको विशेषता हो । पाठकमा चर्को कौतुहलता उत्पन्न गराउन उपन्यास सक्षम छ । हामीलाई विश्वास छ पढ्न शुरू गरेपछि तपाई पक्कै बीचमा रोकिनु हुन्न ।

Book Title नेपालेश्वर । Nepaleshwar
AuthorRahul Sankrityayan, Translated by Roshan Dahal
ISBN9789937916288
Edition LanguageNepali
Published Year2017
PublicationManjari Prakashan
Pages408
Category इतिहास उपन्यास