Shopping Cart
Naya Ishwar ko Ghoshana | नयाँ इश्वरको घोषणा

Naya Ishwar ko Ghoshana | नयाँ इश्वरको घोषणा

नित्सेले ढालेको ईश्वरको केन्द्र अथवा भनौं ईश्वर मरेको विगतको उत्तरआधुनिक हल्लालाई बदर गर्दै ईश्वरलाई आफू बाँचेको बयान दिन र मानिसलाई आफू ईश्वर बनेको सपथ लिन लेखकले ईश्वर र मानिसको प्रतीक कृष्ण र कृष्णप्रसाद दुईलाई यस काव्यमा एकै पात्रमा उभ्याएका छन् ।
उत्तरआधुनिक युगलाई डिकन्स्ट्रक्ट गर्दै र संसारमा निरासा देखाउने मानवता विरोधी विचारलाई विनिर्माण गर्दै अशान्त, असुरक्षित र रक्तपातपूर्ण बन्दै गएको संसारमा ईश्वर ओराल्ने यस काव्यले मानिसलाई ईश्वरतिर र ईश्वरलाई मानिसतिर आउन अपिल गर्दै संसारलाई आशाको नजरले हेर्न सिकाएको छ ।

Book Title Naya Ishwar ko Ghoshana | नयाँ इश्वरको घोषणा
Authorगोपाल पराजुली
ISBN9789937918695
Edition LanguageNepali
Published Year2019
PublicationLipi Books
Pages200
Category कविता