Shopping Cart
माटाको घर / Matako Ghar

माटाको घर / Matako Ghar

सञ्जय विष्ट भारतेली नेपाली आख्यान लेखनमा सर्वाधिक रुचाइएका प्रतिभावान् स्रष्टा हुन्। चरित्रका अन्तर्मनलाई घटना-प्रसङ्ग र संवादका सहायताले मिहिन बुनोटसित प्रस्तुत गर्छन् उनी। विश्लेषणात्मक वा वर्णनात्मक शैलीका साटो संवादात्मक शैलीलाई पकँदै कलात्मक ढङ्गले उनी आख्यान लेख्छन् । कल्पना र यथातथ्यताको सन्तुलित मिश्रणबाट जन्मेका उनका आख्यानहरू विशिष्ट कलाकृति बनेका छन् ।
माटाका लागि गरिएका हाम्रा सङ्ग्रामबाट सिर्जित बेमेल परिस्थितिहरूलाई एउटा लामो फलकमा ओछ्याएर प्रस्तुत आख्यान लेखिएको छ । यसमा विडम्बना छ, विद्रुपता छ, समयको अनुहार छ अनि छ आख्यानकारका आफ्नै सङ्घर्षको गाथा ।

Book Title माटाको घर / Matako Ghar
Authorसन्जय बिष्ट
ISBN9789937775182
Edition LanguageNepali
Published Year2023
PublicationSangrila Books
Pages296
Category उपन्यास