Shopping Cart
लू

लू

लू नयनराज पाण्डेको पाँचौ उपन्यास हो | यसअघिको उनको उपन्यास उलार अत्यन्तै चर्चित रहयो | समकालीन नेपाली आख्यानमा पाण्डेले यथार्थबोधको नया आयाम खडा गरेका छन् | उनका आख्यानकृतिमा यस युगको क्रुरता र समबेदना मर्मश्पर्शी र चित्रमय भाषामा बर्णन गरिएको हुन्छ | कथालाई सरल र सहज तरिकाले भन्न सक्नु पाण्डेको बिशेषता हो | उनको आख्यानाकला उलार उपन्यास र निदाएँ जगदम्बा जस्ता कथाकृति मा उजागर भएको  छ |
यस उपन्यासमा भारतसित सिमा जोडिएको एउटा गाउँमा घटिरहने अमानविय र आपराधिक गतिविधि, भोक र प्राकृतिक प्रकोपसित युगौंदेखि जारि संघर्ष, आर्थिक र राजनीतिक स्वार्थको टकराब अनि त्यसबीच हुर्किरहेको सुकोमल प्रेम र सामाजिक सद्भावलाई नजिकबाट अनुभव गर्न पाइन्छ
लू नेपालको दक्षिणी सिमावर्ती क्षेत्रको अभिलेख-कथा हो |

Book Title लू
Authorनयनराज पाण्डे
ISBN9789937746540
Edition LanguageNepali
Published Year2015
PublicationFineprint Books
Pages251
Category उपन्यास