Shopping Cart
लाटो पहाड /Lato pahad

लाटो पहाड /Lato pahad

उपेन्द्र सुब्बा लेखनमा सरलताका पर्याय हुन् । मानवीय अनुभूतिलाई सरल लेखन र गहन अर्थबोधका साथ प्रस्तुत गर्न सक्ने सामर्थ्यका कारण आम पाठक बीच उनी प्रिय बनेका छन् । 'खोलाको गीत' कविता सङ्ग्रह उनको त्यो लेखनकलाको मानक कृति हो ।

'लाटो पहाड' कथा सङ्ग्रहमार्फत् उपेन्द्र सुब्बाले लेखनमा आफ्नो बहुबिध आयामलाई परिचित गराएका छन् । नेपालको पूर्वीय आदिवासी/लिम्बू समाज र मुन्धुमी संस्कृति नै उनको लेखनको मूख्य आधार हो, त्यही आधारभूमिमा उनी मानवीय संवेदना र सामाजिक चेतको सम्प्रेषण गर्छन् । यस सङ्ग्रहका कथाहरूले समाजका भुइँमान्छेहरूको जीवन, मनोविज्ञान र दुर्दशालाई बोकेका छन् । समग्रमा जीवनका भोगाइहरू उस्तै भए पनि सामाजिक परिवेश, त्यसले उत्पादन गरेको संस्कृति र व्यवहारका भिन्नताहरूलाई बोध गर्न यी कथाहरूले योगदान गर्नेछन् ।

Book Title लाटो पहाड /Lato pahad
Authorउपेन्द्र सुब्बा
ISBN9789937294256
Edition LanguageNepali
Published Year2014
PublicationPhoenix Books
Pages222
Category उपन्यास