Shopping Cart
केही शैक्षिक मुद्दाहरु/Kehi Shaikshik Muddaharu

केही शैक्षिक मुद्दाहरु/Kehi Shaikshik Muddaharu

प्रकाशकीय

केही शैक्षिक मुद्दाहरूः शैक्षिक व्यवस्थापनका विषयमा तेस्रो आँखाबाट नियाल्दा नामको प्रस्तुत पुस्तक यस प्रकाशनबाट प्रकाशित शिक्षा सम्बन्धी पुस्तकहरू मध्येकैके एक उत्कृष्ट र शिखरकृक्ति हो । यस्तो कृतिका सर्जकले शिक्षा विषयमा नै स्नातकोत्तर उत्तीर्ण गरी विद्यालय तह देखि उच्च शिक्षासम्म अध्यापन समेत गर्दै विद्यालय निरीक्षक, प्रशिक्षक, निर्देशक हुदै महानिर्देशक जस्तो नीति निर्माण र निर्देशन गर्ने जिम्मेवार तहको कार्यभार सम्हालिसक्नु भएको छ । निर्भिक, प्रष्टवक्ता, मिलनसार, मेहनती र कर्मयोगी प्रशासकका रुपमा चिनिने बसलले शिक्षा सम्बन्धी क्षेत्रमा मात्र पन्ध्र वर्ष भन्दा बढी गरेको निरन्तर सेवा, दश वटा भन्दा बढी विदेशी मुलुकहरूको भ्रमण, विभिन्न तहमा काम गर्दा लिएका शैक्षिक एवं सेवासम्बन्धी तालिमहरू, विभिन्न पुस्तक तथा दर्जनौं लेखरचनाहरूको प्रकाशन र लामो कार्यानुभव पछि तयार गर्नु भएको यस कृक्तिमा नेपालको शैक्षिक व्यवस्थापनका विभिन्न विषयहरूलाई ऐना जस्तै छर्लङ्ग पार्नुभएको छ । नेपालको शैक्षिक इतिहास, तथ्याङ्क, नीतिगत व्यवस्था, योजना, यसका सफलता, असफलता, कानुनी प्रावधान, समस्या, यसमा गर्नुपर्ने सुधार एवम् भावी दिशाजस्ता विषयमा गहिरो विश्लेषण गरिएको छ ।