Shopping Cart
हाम्रो देश -दर्शन। Hamro desh-darshan

हाम्रो देश -दर्शन। Hamro desh-darshan

गुल्मी ऋष्यशृङ्ग ऋषिको जन्मकर्म तपोभूमि हो । उनका छोरा शृङ्गी ऋषि हुन् । शृङ्गी ऋषिको आश्रम शृङ्गा हो । रिसिङ घिरिङ्मा दोस्रो आश्रम बनाएका हुन् । अयोध्यामा अपुताली पर्दा शृङ्गी ऋषिलाई ल्याएर वसिष्ठले पुत्रेष्टि यज्ञ गराएका हुन् । एक पुत्र नभएका ठाउँमा चार पुत्र गराएका छन् । दियोको उज्यालो नभएको अयोध्यामा एकैचोटी चार बत्ती बालेका छन् । त्यो गर्ने शृङ्गी ऋषि, जहाँबाट आएर पहिले वृष्टि गरे, त्यसपछि पुत्रेष्टि यज्ञ गरे । पुत्रेष्टि गरेपछि अपुताली परेका घरमा चार पुत्र एकै पालि जन्मे - राम, लक्ष्मण, भरत, शत्रुघ्न ।

२८ साले अराष्ट्रिय शिक्षाले २६ अक्षरका बाँदर जन्माएको छ । मरेको कीचकको रूप जस्तो आजको शिक्षाको रुप हो । यसलाई न राजाले चिनेको छन् न मन्त्रीले चिनेको छन् न शिक्षाविद्ले चिनेका छन् । यो शिक्षा भीमसेनको भकुण्डोजस्तो बनेको छ । आज जनमभर पढ्नेले पनि बाह्रखरि अ, आ, क, ख, चिन्न सकेका छैनन् भन्न पनि सक्दैनन् । यो शिक्षाले देशलाई खाडलमा लैजाञ्छ । यसले स्वर्गलाई नरक बनाउँदै छ । तुरुन्त यसलाई खारेज गरेर फालेर आमूल परिवर्तन गर्नुपर्दछ ।

वैदिक धर्म र बौद्ध धर्म पृथक् होइनन् । एउटै रुखका दुईवटा हाँगा हुन् । विदेशी, विजाति, विधर्मीहरुले फूट डालो राज करो भनेर कूटनीतिले पृथक् भनेका हुन् । कसैले केही भन्दैमा केही हुँदैन । जो छ त्यो ध्रुवसत्य छ ।

Book Title हाम्रो देश -दर्शन। Hamro desh-darshan
Authorयोगी नरहरिनाथ
ISBN9789937942461
Edition LanguageNepali
Published Year2021
PublicationSwadesh Prakashan
Pages186
Category दर्शन