Shopping Cart
घरको शिक्षा/Gharako shiksha

घरको शिक्षा/Gharako shiksha

पुस्तक लेखनमा दामोदर न्यौपानले आफ्नै धार सिर्जना गर्नु भएको छ । समाजशास्त्र / मानवशास्त्रमा स्नातकोत्तर न्यौपाने खाससरी द्वन्द्व, सामाजिक, सांस्कृतिक, शिक्षा, बालबालिका, बालमनोविज्ञान, सिकाइ, बालव्यवहार, मनोसामाजिक विश्लेषण र समसामयिक विषयवस्तुमा दख्खल राख्नुहुन्छ । दुई दशकदेखि कान्तिपुर दैनिकमा क्रियाशील न्यौपाने बालकेन्द्रित पत्रिका कोपिलाको पूर्वसम्पादक समेत हुनुहुन्छ । विषय वस्तुलाई निर्भिक ढङ्गले उठाउनु न्यौपानेका लेखनका विशेषता हुन् । शशस्त्र युद्धको बेला राज्य र विद्रोही पक्षले दिएको तनावको परबाह नगरी कार्यक्षेत्रमा डटेकाले अन्तराष्ट्रिय प्रेस इन्स्टिच्युट र फ्रिडम फोरमबाट साहसी सम्वाददाता सम्मान, पत्रकार महासंघबाट श्रीधर आचार्य राष्ट्रिय पत्रकारिता पुरस्कार लगायत दर्जनौं तथा सम्मान पुरस्कार पाउनु भएको छ । एम्बुसमा ६ वर्ष, कर्म : सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट शो, स्वर्णिम समय, स्कुल बेच्ने बालक, हाडको डोको, सम्पदा लडाइँ, दासप्रथाको नयाँ रूप जस्ता चर्चित पुस्तकका लेखक न्यौपाने सम्पदा संरक्षण, बालमैत्री व्यवहार र अभिभावक शिक्षाका परामर्शदाता र अभियन्ता समेत हुनुहुन्छ । सिन्धुपाल्चोक ठोकर्पाका न्यौपानेको बालबालिका, शिक्षा, सिकाइ केन्द्रित लेखनको अर्को श्रृङखला हो घरको शिक्षा : संस्कारयुक्त मनोवैज्ञानिक सिकाइ । पुस्तकमा संस्कारयुक्त व्यवहार, लालनपालनका मनोवैज्ञानिक विधि र सिकाइ शैलीका सुत्र भेटिन्छन् । पुस्तक शिक्षक, अभिभावक, नीति निर्माता र विद्यार्थीलाई समेत उपयोगी छ ।

Book Title घरको शिक्षा/Gharako shiksha
Authorदामोदर न्यौपाने
ISBN9789937780414
Edition LanguageNepali
Published Year2023
PublicationSikha Books
Pages471
Category गैरआख्यान