Shopping Cart
फालिएको सामान | Faliyeko Saman

फालिएको सामान | Faliyeko Saman

कुसुमले करूणाले रूझेको स्वरमा भनिन्, "दिनेश । म तिमीलाई प्रेम गर्दिन; साँच्चै भनेको । प्रेम धेरै कुरा हो क्यार । मलाई थाहा छैन, प्रेम भनेको कस्तो हुन्छ । बिहाभन्दा पहिले प्रेमका बारे धेरै मीठा-मीठा कल्पना गरेकी थिएँ, धेरै रसिला कुरा खेलाएकी थिएँ मनमा । तर जस्तो दुलाहाका हात परें, माया, ममता, स्नेह, प्रेम केही पाउन सकिनँ । बरू आजसम्म लाञ्छना, घृणा र दुर्दूर मात्रै सहँदै आएकी छु ।" उनको आँखा रसाउन आट्यो । भनिन्, "त्यसैले मलाई प्रेमको ज्ञानै हुन सकेन । मैले वासनाको तृप्ति पनि पाइनँ । त्यसैले तिमी नजिक आएको । तिमीलाई अस्ति पहिलो पटक देख्नासाथ तिम्रो आँखाले मलाई यसरी तान्यो कि हेरन, अहिले तिमीसँग टाँसिएर सुतेकी छु । कस्ती नकच्चरी म ! म एकदम प्यासी छु दिनेश, एकदम प्यासी ! तिमीबाट म तृप्त हुन चाहन्छु । धीत मारिदेऊ, है दिनेश ?"

Book Title फालिएको सामान | Faliyeko Saman
Authorतारिणी प्रसाद कोइराला
ISBN9789937933728
Edition LanguageNepali
Published Year2019
PublicationLipi Books
Pages370
Category उपन्यास