Shopping Cart
चित्रलेखाको चौरासी/Chitralekhako Chaurasi

चित्रलेखाको चौरासी/Chitralekhako Chaurasi

पुनर्मिलन- यस शब्दमै कति हास्यास्पद पश्चिमा पारा छ ! अगस्त्यले चौरासीलाई पुनर्मिलन भन्दा म थोरै उसको उपहास गर्छु । पुनर्मिलनका बेला पश्चिमाहरु आफूलाई व्यस्त राख्छन्- खेल खेल्छन्, मद्यपान गर्छन् । हामी ती दुइटै काम गर्दैनौँ । हामी सँगै बस्छौं र झगडा गर्छौ । अनि, सब ठीक छ भन्ने नाटक गर्छौ
बुक अफ दी इयर
'समुदायविशेषको भाषा र परम्परामाथि शालीन र चलाखीपूर्ण व्यङ्ग्यले पराजुलीको लेखन स्वादिलो बनेको छ... अनुचित रीतिहरूमाथि प्रेमपूर्ण घोचपेचले उनको लेखन चातुर्य दर्सन्छ...'
- दी इन्डिपेन्डेन्ट
बेस्ट बुक अफ २०१५
'..सुन्दर शिल्पका माध्यमले जातिविशेषको कथालाई सहजतापूर्वक प्रस्तुत गर्न पराजुली सफल देखिन्छन्... फरकफरक सन्दर्भका तर्कनाहरूलाई सँगालेर उनले मीठो साहित्य तयार पारेका छन्..'
- द क्यान्सस सिटी स्टार
'सामाजिक विषयवस्तुलाई बडो कुशलतापूर्वक उतारिएको अत्यन्त स्पष्ट र जीवन्त उपन्यास...'
- ले मोन्द
'लेखकले कथाका चरित्रहरूलाई अत्यन्त मिहिन तवरले उघार्दै लगेका छन् । पात्रहरूबीच सृजित तनावका माध्यमले पाठकलाई कथाले बाँधिराख्छ र सन्तोषजनक चरमोत्कर्षतर्फ डोऱ्याउँछ । यस्ता अनुभूतिहरूबीच पाठकले एउटा उत्कृष्ट उपन्यास भेट्छ ।'
- आइरिस एग्जामिनर
... वर्षकै सर्वोत्कृष्ट उपन्यासहरूमध्ये एक...
- द हिन्दुस्तान टाइम्स
'ताजा र उन्मुक्त'
- द गार्जियन

Book Title चित्रलेखाको चौरासी/Chitralekhako Chaurasi
Authorप्रज्वल पराजुली
ISBN9789937953078
Edition LanguageNepali
Published Year2023
PublicationNepa~laya
Pages388
Category उपन्यास