Shopping Cart
चाणक्य ऐतिहासिक उपन्यास / Chanakya aitihasik upanyas

चाणक्य ऐतिहासिक उपन्यास / Chanakya aitihasik upanyas

पद विश्वविद्यालयबाट डी. लिट् गरेका डा. सत्यकेतु विद्यालङ्कार (सन् १९००-१९९४) गुरुकुल कागदी विश्वविद्यालयका स्नातक हुन् । सौही विश्वविद्यालयमा उनी लामो समय भाइस चानालर रहे। उत्तर प्रदेश विधान परिषदका सदस्यसमेत रहिसकेका उनले पूर्वीय इतिहास र राजनीतिक विषयका ३९ भन्दा बढी कृति लेखेका छन् । मौर्य साम्राज्यको इतिहास, प्राचीन भारतको शासन पद्धति र राजशास्त्र, प्राचीन भारतीय इतिहासको वैदिक युग, भारतीय संस्कृतिको विकास, चाणक्य आदि उनका प्रसिद्ध कृति हुन् ।

उत्तर प्रदेश सरकारद्वारा गोविन्दवल्लभ पन्त पुरस्कार, हिन्दी साहित्य *सम्मेलद्वारा मंगलाप्रसाद पारितोषिक, मध्यप्रदेश सरकारद्वारा मोतीलाल नेहरु पुरस्कार आदिबाट सम्मानित उनी आफ्‌नो समयका विशिष्ट विद्वानका रुपमा परिचित थिए ।

पूर्वीय सभ्यताका अब्बलकोटिका नीतिज्ञ एवम् चिन्तक हुन् आचार्य विष्णुगुप्त चाणक्य । घोडाबाहेक छिटो यात्राको अर्को साधन नभएको त्यो युगमा उनले समुद्रदेखि हिमालयसम्मको सिङ्गो भारतवर्षमा एउटै राज्यको परिकल्पना गरी मौर्य वंशको पुनर्स्थापना गरेका थिए ।
विश्वका कयौं भाषामा अनुवाद भइसकेको यो उपन्यास मूलतः विश्वविजय गर्दै भारत प्रवेश गरेका सिकन्दरलाई कसरी लखेटियो र थुप्रै प्रान्तीय राजाहरूको एउटै संघ कसरी बन्यो भन्ने कुराको सेरोफेरोमा केन्द्रित छ । चाणक्यको जीवनशैली, उनको कालजयी जीवन-दर्शन र त्यसबेलाको समाज बुझ्नका लागि कृति अति उपयोगी छ । एकै बसाइमा पढ्न सकिने यसका प्रत्येक पानाले पाठकलाई जीवन-उपयोगी सूत्र सिकाउँछन् ।

Book Title चाणक्य ऐतिहासिक उपन्यास / Chanakya aitihasik upanyas
Authorतिलकप्रसाद लुइटेल
ISBN9789937911344
Edition LanguageNepali
Published Year2016
PublicationManjari Prakashan
Pages352
Category इतिहास उपन्यास