Shopping Cart
बाङ्गाटिङ्गा धर्साहरू

बाङ्गाटिङ्गा धर्साहरू

‘बाङ्गाटिङ्गा धर्साहरू’ केही छोटा केही लामा संस्मरणात्मक निबन्धको सङ्ग्रह हो । यस सङ्ग्रहमार्फत लेखक आफ्नो मदन पुरस्कार प्राप्त कृति ‘पागल बस्ती’ को पृष्ठभूमिमा पुग्छन्, ‘चुली’को रचनागर्भमा पस्छन्, विज्ञान साहित्यको उडान भर्छन्, आफूलाई प्रत्यक्ष–परोक्ष रूपमा प्रभाव पार्ने भूपी शेरचन, बादल सरकार, धुस्वाँ सायमीहरुसँगको अनुभव पोख्छन्, आफ्नो साहित्यिक यात्राको गोरेटो नाप्छन् र प्रियजनहरूको सम्झनालाई सुमसुम्याउँछन् । पुस्तकमा सङ्गृहीत रचनाले पाठकलाई फरकफरक स्वाद पस्कन्छन्, साहित्यका सबै विधामा हात चलाएका ख्यातिप्राप्त साहित्यकारको रचना प्रक्रिया बुझ्न सघाउँछन् ।
सरुभक्त कवि, नाटककार र उपन्यासकार हुन् । उनका तीन दजर्नभन्दा बढी पुस्तक प्रकाशित छन् । एक अभिनवको आत्मकथा, पागल बस्ती, समय त्रासदी, तरुनी खेती उनका पूर्वप्रकाशित उपन्यास हुन् । उनले मदन पुरस्कार लगायत थुप्रै साहित्यिक पुरस्कार र सम्मान प्राप्त गरेका छन् ।

Book Title बाङ्गाटिङ्गा धर्साहरू
Authorसरुभक्त
ISBN9789937893107
Edition LanguageNepali
Published Year2014
PublicationFineprint Books
Pages343
Category निबन्ध संस्मरण