Shopping Cart
अनुहारको भीड /Anuharako bhid

अनुहारको भीड /Anuharako bhid

यी अपरिचितजस्ता लाग्ने तर, परिचित अनुहारहरु नेपाली कविता लेखन परम्परामा नयाँ सन्दर्भ, नयाँ शैली र नयाँ विषयवस्तुसहित नेपाली कवितालाई नयाँ पहिचान दिई नयाँ दिशातिर डोहोऱ्याउने कार्यमा यी कवि गतिशील छन् । सात रंग मिलेर इन्द्रेणी बन्छ । तर, यो 'अनुहारको भीडमा भने सत्र रंगको इन्द्रेणी परेको देखिन्छ ।
• तुलसी दिवस

जीवनलाई बोध गर्ने नयाँ-नयाँ तरिकाहरु अपनाउँदै, समयका त्रुटीहस्पति गम्भीर प्रश्न उठाउँदै कला बाँच्ने अभिप्रायका साथ ठीक यही समयको कुस्मताका विपक्षमा कठोरतापूर्वक आएको यही युवा पुस्ताको नयाँ सोच, चिन्तनलाई पढ्ने हो 'अनुहारको भीडमा । विगतका अनिंदा मान्यतालाई ललकार्दै आगत समयको सम्भावित क्यानभासमा नयाँ चित्र कोरेर आएको यो पुस्ता नयाँ क्षितिजको खोजी पनि हो । यो हस्तक्षेपकारी आगमनले नयाँ युगको कल्पना गराएको छ, ढोका खुलाइदिएको छ ।'
• राजन मुकारूड
नेपाली कवितामा उदाइरहेका नयाँ अनुहारहरू कवि बन्नलाई कविता लेखिरहेका छैनन्, कविता लेखेर कवि बनेका छन् भन्ने उदाहरण हो यो प्रस्तुत सङ्ग्रह । यी नयाँ कवि उदाउँदा फगत कविताप्रतिको रहर बोकेर उदाइरहेका छैनन्, कविताप्रतिको गम्भीरता, लगाव र साधनाका सामलसहित उदाइरहेका छन् ।
• सरस्वती प्रतीक्षा

Book Title अनुहारको भीड /Anuharako bhid
Authorनवीन प्यासी
ISBN9780936385439
Edition LanguageNepali
Published Year2018
PublicationIndigo inc.
Pages278
Category कविता