Shopping Cart
अलिखित | Alikhit

अलिखित | Alikhit

'अलिखित' ध्रुवचन्द्र गौतमको आख्यान जीवनको श्रेष्ठ कृति ठहरिन्छ। पाठकबीच कमाएको लोकप्रियता र समिक्षक-समालोचकको ध्यानाकर्षण त छँदैछ, उपन्यासले स्थापित गरेका कथ्यगत र शिल्पगत प्रयोगशिलताका कारण पनि यसले आफ्नो विशिष्ट स्थान हासिल गर्न सकेको हो। मधेसमा विधमान शोषण, अभावग्रस्तता, अशिक्षालगायत सीमान्त जिन्दगीको दुरावस्थालाई उपन्यासले प्रभावकारी शिल्प- संरचनामा उनेको छ। उपन्यासमा एकातिर आञ्चलिक स्वर सम्प्रेष्य छ, अर्कोतिर विसङ्गति, मिथक, स्वैरकल्पना, हास्यचेत र व्यङ्ग्यात्मकतासहिताको मौलिक प्रभावको योग छ।
नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार मदन पुरस्कार (२०४०)बाट समेत पुरस्कृत 'अलिखित' उपन्यासकार गौतमको प्रयोगशील तथा मौलिक आख्यान लेखनको निर्णायक देउराली हो।

Book Title अलिखित | Alikhit
Authorध्रुवचन्द्र गौतम
ISBN9789937705349
Edition LanguageNepali
PublicationPhoenix Books
Pages285
Category उपन्यास