Shopping Cart
अग्निवाटिका | Agniwatika

अग्निवाटिका | Agniwatika

अर्को प्रश्नले पनि केशरलाई दुःख दिँदैछ, प्रेम के हो ? ऊ प्रेमबाट 'सेक्स'लाई छुट्याएर हेर्ने सक्दैन, यी दुइटामा कुनै भिन्नता नै देख्दैन । उसलाई लाग्छ, प्रेमसँग वासना गाँसिएको हुन्छ, हुन्छ । लालीसँग उसलाई वासना पूर्तिको अभिलाषा छैन, त्यसकारण त्यो प्रेम होइन, सायद माया हो त्यो । माया र प्रेम यी दुई शब्दको अर्थ ऊ यसरी लगाउँछ- माया र वासनाको संयोग प्रेम हो र वासना नभएको प्रेम माया हो । ऊ सन्ध्यालाई प्रेम गर्छ, सेफालीलाई प्रेम गर्छ र लालीलाई माया गर्छ, बहिनीलाई माया गर्छ, आमालाई माया गर्छ, भाउजूलाई माया गर्छ ।
अनि फेरि देख्छ सीता बज्यैलाई, जसलाई न ऊ प्रेम गर्छ, न माया नै । त्यो के नि ? वासना ? हो, ऊ त्यसलाई वासना कै संज्ञा दिन्छ ।

Book Title अग्निवाटिका | Agniwatika
Authorतारिणी प्रसाद कोइराला
ISBN9789937933704
Edition LanguageNepali
Published Year2019
PublicationLipi Books
Pages257
Category उपन्यास