Shopping Cart
Addrishya Manchhe अदृश्य मान्छे

Addrishya Manchhe अदृश्य मान्छे

यो उपन्यास हामीमध्ये धेरैको लेख्न नमिल्ने आत्मकथाको प्रारूप हो । यो एउटा सन्दिग्धताको इमानदार टिपोट हो । बलात् थोपरिएका मूल्यहरूको साङ्लो एक्कासि तोडिने हो भने मान्छे कस्तो हुन्छयस उपन्यासले बताउने छ । सम्बन्धहरूमा विश्वास र तृप्तिको अभाव भयो भने मान्छे कसरी टुट्छ, फुट्छ र बहुलाउँछ, त्यो पनि यसै उपन्यासले बताउने छ । एउटै मान्छे कसरी अनेक मन र अनेक जीवनमा बाँचिरहेको हुन्छ, त्यो यहाँ देख्न सकिन्छ । जटिलभन्दा जटिल मानिएका मनोवैज्ञानिक समस्याको समाधान कसरी चयनको स्वतन्त्रता जस्तो सामान्य सूत्रमा निहित छ, त्यो कुरा पनि यसैमा समेटिएको छ । कुरा यत्ति हो, यस सरल सूत्रमा हामीले लगाएको जटिलताको ताल्चा तोडनु जरूरी छ ।

Book Title Addrishya Manchhe अदृश्य मान्छे
Authorपुष्कर लोहनी
ISBN9789937939942
Edition LanguageNepali
Published Year2020
PublicationSikha Books
Pages155
Category उपन्यास