Shopping Cart
Aalaya | आलय

Aalaya | आलय

"नेपालमा विगतमा भएको सशस्त्र द्वन्द्व र त्यसले व्यक्ति र समाजको मनमा थुपारेको पीडाको कहालीलाग्दो अवशेषको व्याख्या निरपेक्ष भएर गर्न गाहो हुन्छ । यसले कुनै न कुनै पक्षधरताको माग गर्छ नै । तर, जब पक्षधरताको कुरा आउँछ, आख्यानका पानाहरू आक्रोश या नाराबाट भरिने खतरा रहन्छ । आलय भने त्यो खतराबाट गजबले जोगिएको छ । यसले द्वन्द्वका कारण एउटी महिलाले भोगेको आर्थिक, सामाजिक समस्या र गहिरो मानसिक पीडाका माध्यमबाट द्वन्द्वपीडित अरू असङ्ख्य महिलाको कथा पनि भन्छ ।

आलयले समाज र नारीमनका धेरै जटिल तर प्रामाणिक किस्साहरू सरल प्रस्तुति र सुललित भाषामा हाम्रासामू उपस्थित गराउँछ । उपन्यास पढिसकेपछि यसको प्रमुख पात्र मालाको बलियो छवि हाम्रो मनमा स्थापित हुन्छ । मलाई यो उपन्यास यसकारण पनि विशेष लाग्यो कि मैले यसमार्फत मालालाई सलाम गर्ने मौका पाएँ । माला नेपाली आख्यान जगत्की सङ्घर्षशील, चेतनशील र साहसी चरित्रका रूपमा सधैं सम्मानित रहनेछिन् ।
- नयनराज पाण्डे, आख्यानकार

Book Title Aalaya | आलय
Authorअमला अधिकारी
ISBN9789937734318
Edition LanguageNepali
Published Year2020
PublicationSangrila Books
Pages243
Category उपन्यास