डा. मतिप्रसाद ढकालकाे किताब 'महाभारतमा के छ ?' बजारमा आउने भएको छ ।
लेखक आफ्नो तेह्रौँ पुस्तक आउँदै गरेको खुसियालीमा लेख्नुहुन्छ :
'सानो परिवार : सुखी परिवार', 'दुई सन्तान : ईश्वरका वरदान' जस्ता नाराहरू सर्वत्र घन्किरहेकै छन् तर मलाई परिवार नियोजन गर्नै मन लागेन । हामीले हाम्रा पितृहरूसँग 'सन्ततिर्वर्द्धताम्' भन्दै सन्तानहरू बढून् भन्ने आशीर्वाद माग्छौँ र सन्तानहरूले डाँडाकाँडा ढाकून् भन्ने पनि आशीर्वाद थाप्छौँ । त्यति मात्र होइन 'देवताले दिएको पनि पितृहरूले हर्छन्' भन्ने कुरा सुनेपछि कहिल्यै परिवार नियोजन गर्न नहुँदो रहेछ भन्ने ठानेर यथासम्भव सन्ततिहरूको सन्तान (राम्रोसँग विस्तार) गर्ने रहर पलाएको हो ।
यसै सन्दर्भमा 'महाभारतमा के छ ?' नामक मेरो तेह्रौँ सन्तान जन्मिएको खुसियाली यहाँहरूमाझ बाँड्न चाहन्छु । नौलो सन्तान जन्माउन अभिभावकीय जिम्मेवारी वहन गर्ने साङ्ग्रिला बुक प्रालिप्रति हार्दिक आभार व्यक्त गर्दै यसमा प्रत्यक्ष एवम् परोक्ष रूपमा सघाउने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
नवजात सन्तान यही माघ महिनाको तेस्रो हप्तासम्म यहाँहरूका काखकाखमा आइपुग्ने कुरा पनि सहर्ष जानकारी गराउँदछु ।
साङ्ग्रिला बुक्सबाट प्रकाशन भइरहेकाे याे पुस्तक, माघकाे तेस्राे साताबाट बजारमा आउदैछ ।
Comments