शरदचन्द्र पाैडेलकाे नयाँ पुस्तक 'भ्रष्टाचार : कारण, परिणाम र नियन्त्रणका उपाय' बजारमा आउने भएको छ । पुस्तक माघकाे दाेस्राे सातादेखि बजारमा उपलब्ध हुनेछ ।
यस पुस्तकमाथि यस पुस्तककाे प्रकाशक 'सांग्रीला बुक्स'का मणी शर्मा लेख्नुहुन्छ-
'नेपाली समाज र राजनीतिको अभिशाप 'भ्रष्टाचार' का बारेमा महत्त्वपूर्ण किताब लेख्नुभएकोमा शरदचन्द्र पौडेललाई हार्दिक धन्यवाद । उहाले तयार गर्नुभएको सामग्रीलाई पुस्ताकारमा ल्याउन हामीलाई नै दुई बर्ष लाग्यो, किताब लेख्न उहाँलाई कति समय लाग्यो होला , अनुमान मात्र गर्न सकिन्छ । प्रेसबाट स्याम्पल कपि आज गोदाम आइपुगेको छ, माघ दोस्रो सातादेखि पुस्तक बजारमा उपलब्ध हुनेछ ।'
Comments