मंगलबार र बुधबार पोखराको सराङकोटबाट भर्चुअल रुपमा भएको आईएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करणको पूर्व सन्ध्यामा सोमबार भएको साँझमा गजल मेहफिलमा गजलकार प्रदीप रोदन र पत्रकार अमृत सुवेदी हुनुहुन्थ्यो ।
हिला वर्षहरूझैं, यो वर्ष भव्य दर्शकको उपस्थिति भएन । यसमा कोरोना कहर बाधक बन्यो । आयोजक बुकवर्म फाउन्डेसनले ‘भर्चुअल’ नै सही, फेस्टिभल गर्ने निधो गर्यो । मंगलबार र बुधबार सराङकोट माउन्टेन लजमा फेस्टिभलको शुभारम्भ भयो । सोही साँझमा युवा गजलकार प्रदीप रोदनसँग पत्रकार अमृत सुवेदीले ‘गजल मेहफिल’ जमाए । रोदनले आफ्ना नयाँ तथा पुराना गजल सुनाए ।
फेस्टिभलको यो संस्करणमा १६ सेसन र ४७ जना वक्ता छन् । सबै सत्रहरू भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति भने रहनेछैन । फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण हुनेछन् ।

Comments