अभिनेत्री मनीषा कोइरालाको बेस्ट सेलर कृति ‘हिल्ड’को नेपाली अनुवाद ‘जिजीविषा’ सार्वजनिक भएको छ । यस पुस्तकको नेपाली अनुवाद पत्रकार स्वरूप आचार्यले गरेका हुन् भने फाइन प्रिन्टले प्रकाशन गरेको हो ।
क्यान्सर लागेपछि भोगेका कुरा र त्यसबाट प्राप्त ज्ञानलाई किताबमा लेखेँ भने र समाजलाई आफ्नो ज्ञान दिन सकेँ भने आफ्नो जीवन सार्थक हुनेछ भनेर पुस्तक लेखेको उनको भनाइ छ ।
क्यान्सर लाग्नुअघि आफूले जीवनको त्यति महत्व नबुझेको र पछि मृत्युको नजिक पुग्दा यसको महत्ताबारे धेरै जानकारी पाएको उनले बताइन् । ‘पहिला म धेरै केयरलेस थिएँ । रोग लाग्यो भने पैसा खर्च गरेर मात्र छुटकारा पाइँदो रहेनछ, अरूलाई पनि उत्तिकै गाह्रो हुने रहेछ,’ उनले भनिन्, ‘वास्तवमा मनुष्य जीवन कति महत्वपूर्ण रहेछ, तर त्यही जीवनलाई हामीले गलत तरिकाले पनि उपयोग गरिरहेका रहेछौँ ।’ त्यसमा सचेत हुन पुस्तकले धेरथोर सिकाउने उनले बताइन् ।
आइतबार भिडियो लन्चका अवसरमा अभिनेत्री कोइरालाले भनिन्, ‘मैले यो किताब लेख्छु भनेर सुरु गरेकी होइन । अमेरिकामा क्यान्सरको उपचारका क्रममा एकजना बौद्ध रिन्पोचेले आफूलाई क्यान्सरबाट परेको दुःख भोग्दाका वेला तिमीलाई लागेका कुरा टिपोट गरिराख्नु भन्नुभएको थियो । यो पीडाको, यो कठिनाइको कुरा पनि लेखिराख्नू भनेकाले मैले त्यतिवेलाका दुःख अनि कष्टलाई टिपोट गर्दै गएँ । र, त्यसलाई पछि पुस्तकका रूपमा ल्याएकी हुँ ।’
क्यान्सर लागेपछि भोगेका कुरा र त्यसबाट प्राप्त ज्ञानलाई किताबमा लेखेँ भने र समाजलाई आफ्नो ज्ञान दिन सकेँ भने आफ्नो जीवन सार्थक हुनेछ भनेर पुस्तक लेखेको उनको भनाइ छ । ‘पुस्तक लेख्नुको मेरो उद्देश्य नै अप्ठ्यारो परेका वेलामा मनुष्य जीवनलाई केही बाटो देखाउन सकिन्छ कि भन्ने हो,’ उनले भनिन् ।

यो किताब अर्डर गर्नको निम्ति, यहाँ क्लिक गर्नुहोस् !
Comments