जीवा लामिछानको नियात्रासङ्ग्रह ‘देश देशावर’ का विषयमा आख्यानकार अमर न्यौपाने के भन्नु्हुन्छ ? उहाँलाई पढौं उहाँकै शब्दमा--
सफल व्यवसायी जीवा लामिछानेका रुचिका छेत्र हुन्- समाजसेवा र साहित्य । साहित्यमा पनि नियात्रा । सबै व्यवसायीहरू यात्रा गर्दैनन्, यात्रा गरेर पनि लेख्दैनन् । उहाँ यात्रा गर्न र लेख्न रुचाउँछनु हुन्छ ।
'सरसर्ती संसार' उहाँको पहिलो नियात्रा संग्रह हो । 'देश देशावर' त्यसैको निरन्तरता हो । 'देश देशावर' लाई म रेलसँग तुलना गर्न रुचाउँछु । यसमा २० वटा नियात्रा छन्- ती रेलका २० वटा डब्बा जस्ता छन् । त्यो २० वटा डब्बा भएको रेलले, हामीलाई २० वटा देशहरू घुमाउँछन् । चारवटा नियात्रा अफ्रिकी देश सम्बन्धि छन् भने बाँकी नियात्रा एसियाली र युरोपेली देशहरूसँग सम्बन्धित छन् । यसमा दुईवटा निबन्ध: एउटा अमेरिका र अर्को क्यानडासँग सम्बन्धित छ ।
यो नियात्राले यात्रा मात्र गराउँदैन । यात्रा सँगसँगै ती देशहरूको इतिहास र राजनिती पनि सम्झाउँछ । विशेष गरि अफ्रिकी देशहरू, जहाँको युद्ध र शान्ती, विनाश र विकासका कथाहरू पनि यो नियात्राले भन्छ ।
कसरी रुवान्डाजस्ता गृहयुद्धले भग्न भएका रुग्ण भएका देशहरू, एक दशक मै माथि उठे भन्ने कथा पनि यसले भन्छ । र प्रत्येक नियात्राले नेपाल सम्झिरहन्छ । नेपालको संस्कृति, प्रकृति, राजनितीसँग प्रत्येक देशका नियात्राहरूले तुलना गरिरहेको पाइन्छ । विकासको लागि मार्ग प्रदर्शन पनि गर्दछ । अहिलेको समय कोरोनाले गर्दाखेरि संसार बन्दी भएको समय हो । यो समयमा हामी घरमै बसेर यो किताब पढ्दाखेरि यसले हामीलाई शब्दले संसार घुमाउँछ । त्यस कारण यो किताब संसार घुम्न चाहनेहरूका लागि एउटा पद-प्रदर्शक पनि हो । भने, देश बनाउने योजनाकारहरूका लागि पनि पद-प्रदर्शक हो ।
यो किताब शब्दले संसार घुमाउने किताब हो ।

***
यो पुस्तक अर्डर गर्नको लागिः http://kitabkiro.com/books/deshdeshavar/
Comments