प्रेम कविता
यो कति अद्भुत महसुस छ
बिहान तिमी उठ्छौ
एक्लै तिम्रो एक्लो बिस्तारामा
र तिमीले कसैलाई भन्नु पर्दैन
कि तिमी उसलाई प्रेम गर्छौं
जबकि तिमी अब उसलाई प्रेम गर्दैनौ ।
***
बू, सधैंभरि
मभित्रका
हरेक खाली ठाउँहरूमा
एउटा महसुस भुत बनेर दौडिरहेको छ
तर्साइरहेछ मलाई
कि म तिमी बिना बाँच्न सक्नेछु ।
***
३० सेन्ट्स, दुइटा टिकट, प्रेम
तिमीलाई सम्झिदै
म बसमा चढेँ
३० सेन्ट्स भाडा तिरेँ
र खलासीसँग दुइटा टिकट मागेँ
तब मलाई थाहा भयो
म त एक्लै गाडीमा चढेको थिएँ ।
***
रिचर्ड ब्रटिगन~ अमेरिकी कवि, उपन्यासकार र कथाकार हुन् । उनी आफ्ना उपन्यास र कविताका लागि बढी प्रख्यात छन् । उनका लेखहरू प्रायः सरियल हुन्छन्, साथै उनका लेखहरूमा 'डार्क ह्युमर' र 'सोसियल क्रिटिसिजम' पनि भेटिन्छन् ।

Comments