पुस्तकको नाम: सम्बन्धहरू
लेखक: सम्बन्धहरू
प्रकाशक: फाइनप्रिन्ट
'खुशी' पछि लेखकको रुपमा स्थापित भएका विजय कुमारको दोस्रो कृति हो- 'सम्बन्धहरु' ।
विजय कुमार भन्छन्- "जीवनको अस्थाईपनको किताब हो । तर जीवन अस्थाईपन मात्र पनि होइन। त्यसैले त , जीवनको अस्थायीपनको बिचमा पनि प्रेम , साहस र अमरत्वको खोज हो , यो कृति । सुस्तरी गुनगुनाएर पनि , मनै हल्लाउछ - सम्बन्धहरुले !"
यो पुस्तकलाई केलाउँदै, प्रकाशचन्द्र लोहनी लेख्छन्- "१८ परिच्छेदमा रहेको पुस्तकमा विजयले नतालिय, योगिनी, सुम्निमा, आकाशजस्ता थुप्रै विभिन्न व्यक्तित्वसँग स्त्री–पुरुष सम्बन्ध, पाखण्डीपनको नकाब, अहंकारको विश्लेषण, सन्तानप्रतिको दृष्टिकोण, प्याजको अन्तिम पत्र र मृत्युको गुह्यजस्ता थुप्रै विषयमा आफूले खडा गरेका पात्रसँगको संवादबाट आफ्नो दृष्टिकोण राखेका छन् ।
उनले भोगेका पीडा र उनले खोतल्न खोजेका प्रश्न उनीसँग मात्र सीमित छैनन् । पुस्तक पढ्ने सबैले त्यहाँ आफ्नो कुनै न कुनै चासो देख्नुहुनेछ, आफ्नो अनुहार देख्नुहुनेछ र भाग्यले साथ दिए सायद आफूले आफैँलाई प्रश्न पनि गर्नुहुनेछ । "
***
यो पुस्तक अर्डर गर्नको लागि- http://kitabkiro.com/books/sambandhaharu/
Comments